अवरुद्व पासाङ्ल्हामु मार्ग खुल्यो | Khabarhub Khabarhub

अवरुद्व पासाङ्ल्हामु मार्ग खुल्यो


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

रसुवा – भारी वर्षासँगै खसेको पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ । सडकमार्ग सञ्चालनमा आएसँगै ग्राङ र ठाडेबीच मूलखर्क भन्ने स्थानमा अलपत्र यात्रुवाहक बसलगायत सयौँ सवारी साधन आफ्नो गन्तव्यतर्फ गइसकेका छन् ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार गएरातिको वर्षाका कारण पहिरोसँगै बगेको ढुङ्गा सडक सतहमा थुप्रिएपछि दिनभरको प्रयासबाट नुवाकोटदेखि स्काभेटरसहितको ‘ब्रेकर’ झिकाई ढुङ्गा फुटालेर सडक सफा गरी पूर्ण रूपमा सवारी आवागमन सञ्चालन गरिएको छ ।

सडक सञ्चालनसँगै चीनको मानसरोवर कैलास तथा रसुवाको गोसाइँकुण्ड जाने यात्रु तथा स्थानीय नागरिक र चिनियाँ सामान आयातका लागि ढुवानी गर्ने कन्टेनर आफ्नो गन्तव्यतर्फ गइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

पहिरो स्थलमा दिनभर सशस्त्र प्रहरी, नेपाल प्रहरीले पहिरो स्थलमा ओहोरदोहोर गर्ने यात्रुलाई सहजीकरण गरेको जनाइको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ९ : ०० बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी