लगानीकर्ता भित्र्याउन भारतले सिंगापुरमा कार्यालय खोल्दै | Khabarhub Khabarhub

लगानीकर्ता भित्र्याउन भारतले सिंगापुरमा कार्यालय खोल्दै


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगापुरमा लगानी कार्यालय स्थापना गर्ने घोषणा गरेका छन् । यसबाट सिंगापुरका लगानीकर्तालाई भारतमा लगानी गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार हालै प्रधानमन्त्री मोदीले सिंगापुर भ्रमणका क्रममा यस्तो घोषणा गरेका हुन् । भारतीय विदेश मन्त्रालयले जनाएअनुसार लगानीको अवसर तथा भारतीय बजारबारे सिंगापुरका लगानीकर्तालाई प्रत्यक्ष जानकारी प्रदान गर्ने उद्देश्यले उक्त कार्यालय स्थापना गरिएको हो ।

विदेश मन्त्रालयका सचिव पूर्व जयदीप मजुमदारले भारतमा लगानीको अवसर ठूलो रहेकाले सिंगापुरका लगानीकर्तालाई यसबारे सुसूचित गर्न यस्तो कार्यालय स्थापना गर्न लागिएको हो ।

सिंगापुर भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले त्यहाँका लगानीकर्ता तथा बहुराष्ट्रिय कम्पनीका कार्यकारीहरुसँग अन्तरक्रिया समेत गरेका छन् । भारतले मुख्यगरी सूचना प्रविधिको क्षेत्रमा सिंगापुरबाट लगानी भित्र्याउन चाहेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ९ : १४ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले