कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल « Khabarhub

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी पर्वको चहलपहल छ । प्रायः कृष्णजन्माष्टमीपछिको दोस्रो आइतबारका दिन मनाइने यस पर्वका अवसरमा पकाइने विभिन्न परिकार तथा अन्य गतिविधिको तयारीका लागि यहाँ चलहपहल भइरहेको छ ।

यस पर्वमा अण्डी चामलको भात तथा रोटी, सुकेको माछा, खरिया, सिद्रा, फुलौरीलगायत स्थानीय खानाका विभिन्न परिकार बनाउने गरिन्छ । थारू कल्याकारीसभाका केन्द्रीय सदस्य प्रभातकुमार चौधरीले थारू समुदायमा विशेष रूपमा मनाइने यस पर्वको अघिल्लो दिन आज अन्तिम तयारी भइरहेको बताए ।

“यस पर्वमा अण्डी धानको चामलबाट विभिन्न खानाका परिकारहरू तयार पार्ने गरिन्छ तर उक्त धान भने लोपोन्मुख अवस्थामा छ । परम्परागत प्रजातिको उक्त धान टाढाटाढाका थारू गाउँबस्तीमा गई व्यवस्थापन गरियो । परिकारलगायत अन्य गतिविधिका लागि आज अन्तिम तयारी भइरहेको छ । त्यसैले पनि हाम्रा बस्तीहरूमा चहलपहल छ ।”

यस्तै, पूजाआराधना तथा ‘अग्रासन’ कोसेली राख्नका लागि चाहिने दुना, टपरी बनाउनेदेखि घर, आँगन सरसफाइ गर्नेसम्मका काम सम्पन्न भएका छन् । दुई दिनसम्म मनाइने यस पर्वमा आइतबारको अघिल्लो दिन अर्थात् आज राति व्रतालुहरूले दर खाने चलन छ ।

पर्वको पहिलो दिन अर्थात् भोलि व्रतालुहरू पानीसमेत नखाई निराहार व्रत बस्ने र नजिकैको नदी, पोखरी वा तलाउमा स्नान गरी पूजाआराधना गर्ने गर्दछन् ।

यसरी पूजाआराधना गरिसकेपछि घरमा तयार गरिएका अन्नका परिकार तथा फलफूलबाट एक भाग निकालेर घरका विवाहित छोरीलाई छुट्याई सकेपछि मात्रै व्रतालुहरूले खाने गर्दछन् । यसरी छुट्याइएको ‘अग्रासन’ अर्थात् कोसेली आफ्ना विवाहित चेलीबेटी तथा दिदीबहीनीका पोइलीघरमा पुर्याउने परम्परा छ ।

यस्तै, अट्वारी पर्वको दोस्रो दिन अर्थात् सोमबार बिहानै व्रतालुहरू स्नान गरी पुनः पूजाआराधना गर्दछन् । गुइँठाको आगो बाली घ्यू र सल्लाको काठका टुक्राहरू हाली पूजा गर्ने गरिन्छ ।

महाभारतमा पाँच पाण्डवमध्येका माइला भाइ भीम आइतबारका दिन एक दानवको आहार बन्न गएको र उनले त्यो दानवलाई मारेर मानवजातिलाई दानवको आतङ्कबाट मुक्त गराएका कारण भीम र सूर्यदेवको उपासना गरेर पर्व मनाउने गरेको थारू अगुवाहरूले बताउने गरेका छन् । यो पर्व कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, दाङलगायत जिल्लामा बसोबास गर्ने थारू समुदायले मनाउने गर्दछन ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ११ : ०५ बजे

बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष स्थापना

काठमाडौं– प्रेस काउन्सिल नेपालले कार्यालय परिसरमा स्तनपान कक्ष तथा महिलामैत्री

नेपाली टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर : ओपनर कुशल र आशिफ आउट

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ओपनर

चीन-नेपाल सुरक्षा सहकार्यमा जोड

काठमाडौं– नेपालका लागि चीनका  राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा

टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई