बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक « Khabarhub

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगको अङ्क तालिकामा बार्सिलोनाले अग्रता लिएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले डेपोर्टिभो ला अल्भासलाई ३-० ले हराएको छ।

बार्सिलोनाका रोबर्ट लेवान्डोस्की ले ह्याट्रिक गरे। खेलको सुरुवातमै राफिन्हाको क्रसलाई उपयोग गर्दै लेडवाक्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए।

३६ वर्षीय भेट्रान खेलाडीले २२ ओ मिनेटमा ब्राजिलियन स्टार राफिन्हाकै सहयोगमा अर्को गोल गरेका हुन्।

३२ ओ मिनेटमा एरिक गार्सियाको पासमा गोल गर्दै उनले ह्याट्रिक गरे। उनले पछिल्ला ११ खेलमा कुल १२ गोल गरेका छन्।

एट्लेटिको म्याड्रिड भने रियल सोसिडाडसँगको खेलमा १-१ गोलको बराबरी रोकिएको छ। आइतबार राति नै भएको खेलमा सेभियाले रियल बेटिसलाई १-० ले हराएको छ। गिरोनाले एथलेटिको क्लबसँगको खेलमा २-१ को जित हात पारेको छ।

९ खेलको समाप्तिमा बार्सिलोनाको २४ तथा रियल म्याड्रिडको २१ अङ्क छ। एट्लेटिको म्याड्रिड र भिल्लारियलको १७ अङ्क छ। ओसासुनाको १५ तथा एथलेटिको क्लबको १४ अङ्क छ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ७ : १९ बजे

मीन विश्वकर्मा भन्छन्- रास्वपाले अनपेक्षित सफलता हात पार्‍यो, अब भ्रष्टाचार अन्त्य गर्नुपर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निर्वाचनमा रास्वपाले अनपेक्षित सफलता

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्ममा नेपालको कुल

शंकर पोखरेलको दुई दलीय विचारले खायो हावा !

काठमाडौं– संसदीय राजनीतिमा सधैँ असफल मानिएका नेकपा (एमाले) का महासचिव

ट्राफिक स्वयंसेवक बने प्रहरी स्कुलका विद्यार्थी

चितवन– कक्षा १० को शैक्षिक गतिविधि सकिएपछि एसईई परीक्षाको तयारीमा

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले