आज फलफूल तथा तरकारीको मूल्य यस्तो छ | Khabarhub Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य यस्तो छ


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।

समितिले आज गोलभेडा ठूलो (भारतीय) औसत मूल्य प्रतिकेजी १४० रुपैयाँ, गोलभेडा सानो (लोकल) ७०, गोलभेडा सानो (टनेल) ९० रुपैयाँ निर्धारण गरेको छ ।

यसैगरी, रातो आलु ८२, रातो आलु (भारतीय) ५९, आलु रातो (मुडे) ७७ रुपैयाँ, प्याज सुकेको ११७, गाजर (लोकल) १२५, गाजर (तराई) ११०, बन्दा (स्थानीय) ५५, बन्दा (तराई) ४५, काउली स्थानीय ९५, मूला रातो ३५, मूला सेतो २७ रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

समितिका अनुसार भान्टा लाम्चो ७५, भान्टा डल्लो ८५, बोडी (तने) १६०, मकै बोडी ९०, मटरकोशा २२६, घिउ सिमी (लोकल) ९५, घिउ सिमी (हाइब्रीड) ९५, तितो करेला ९५, लौका ६५, परवर (लोकल) १०५, परवर (तराई) ११०, चिचिण्डो ६५, घिरौँला ११०, फर्सी पाकेको ४५, हरियो फर्सी ८५, भिण्डी ६५, बरेला १३५, पिँडालू ६५, स्कूस ३५ रुपैयाँ प्रतिकेजीमा खरिद बिक्री भइरहेको छ ।

यसैगरी, कन्य च्याउ २६०, डल्ले च्याउ ३७६, राजा च्याउ २९०, कुरीलो ६५०, न्यूरो ८५, रातो बन्दा १७६, ब्रोकाउली १५०, गान्टे मूला ८५ रुपैयाँ मूल्य कायम भएको छ ।

समितिले रायोको सागको औसत मूल्य प्रतिकेजी १४५ रुपैयाँ, पालुङ्गो साग १९०, तोरीको साग ६५ र हरियो प्याज १७६ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

यस्तै, फूजी स्याउ ३१०, केरा दर्जनको १४५, अनार ३४०, भुइँ कटहर १९०, काँक्रो (लोकल) ९५, काँक्रो (हाइब्रीड) ३५, मेवा (नेपाली) ४५, मेवा भारतीय ९५, अम्बा ५५, किबी ३४०, एभोकाडो २२६ रुपैयाँ मूल्य कायम गरिएको छ ।

रहु माछा ३४५, बचुवा माछा २४५, छडी माछा २४०, अदुवा १९०, हरियो धनियाँ १७६, भेडे खुर्सानी ३६०, सुकेको खुर्सानी ४४३ रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १० : ३४ बजे

वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने

काठमाडौं– नेपाल वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको

आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले नेपाल सरकारको गत आर्थिक वर्ष २०८१/८२

आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको आदेशलाई निरन्तरता

काठमाडौं– सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको

मतदाता नामावली सङ्कलनमा जारी छ चाप

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

बेमौसमी हिमपातले हिमालको सौन्दर्य बढाउँछ

काठमाडौं– बेमौसमी वर्षापछि हिमाली क्षेत्रमा कात्तिक महिनामै अचानक हिमपात भएपछि