बाढीपहिरो पीडितको सहयोगार्थ एनआरएनएले ल्यायो ‘हेल्थ हट लाइन’ « Khabarhub

बाढीपहिरो पीडितको सहयोगार्थ एनआरएनएले ल्यायो ‘हेल्थ हट लाइन’


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

लण्डन – नेपालमा हालै आएको बाढी पहिरो पीडितका लागि गैरआवासीय नेपाली सङ्घले स्वास्थ्य सम्बन्धी परामर्श दिने उद्देश्यले ‘हेल्थ हट लाइन’ को सुरुवात गरेको छ । 

गैरआवासीय नेपाली सङ्घका सल्लाहकार डा. सञ्जीव सापकोटाका अनुसार पीडितहरूले स्वास्थ्य सम्बन्धी समस्या परेमा विज्ञ चिकित्सकहरूसँग सिधै सम्पर्क गर्न सक्ने छन् । 

पीडितहरूले चिकित्सकलाई कल वा म्यासेज गरेर आफूले भोगेको विपद्को कारण उत्पन्न भएका स्वास्थ्य समस्याहरू वा पहिलेदेखिका स्वास्थ्य समस्याहरू झनै बिग्रिएको अवस्थामा स्वास्थ्य सल्लाह लिन सक्नेछन्।

हटलाइनमा मानसिक स्वास्थ्य सम्बन्धी सल्लाहकारहरू पनि समावेश छन् जसलाई मानिसहरूले विपद्को कारण भएको मानसिक आघात जस्तो कि अनिद्रा, डर, चिन्ता, झर्को लाग्ने, आत्महत्याका विचार आउने जस्ता समस्याहरूमा सल्लाह लिन सकिने छ ।  

हटलाइनमा डा. शागर विश्वकर्मा, डा. संगिता छन्त्याल, डा. कुन्दन कुमार यादव र डा. शिव कुमार महतोले स्वास्थ्य सम्बन्धी परामर्श दिने भएका छन् ।

विस्तृत जानकारीको लागि डा. संजिव सापकोटा, शक्ति चौरसिया र डा. प्रभात अधिकारीलाई सम्पर्क गर्न संघले आग्रह गरेको समाचार संयोजक तथा आईसीसी सदस्य  चिरन शर्माले जनाए ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १२ : २७ बजे

काठमाडौं महानगरद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर

अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न एक जना पक्राउ

काठमाडौं– गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी– विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र

लविद्युत् परियोजना निर्माणमा देखिएका मुआब्जा समस्या समाधान गर्छौँ : कुलमान घिसिङ 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् परियोजना निर्माणका