बाढीपहिरो पीडितको सहयोगार्थ एनआरएनएले ल्यायो ‘हेल्थ हट लाइन’ « Khabarhub

बाढीपहिरो पीडितको सहयोगार्थ एनआरएनएले ल्यायो ‘हेल्थ हट लाइन’


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

लण्डन – नेपालमा हालै आएको बाढी पहिरो पीडितका लागि गैरआवासीय नेपाली सङ्घले स्वास्थ्य सम्बन्धी परामर्श दिने उद्देश्यले ‘हेल्थ हट लाइन’ को सुरुवात गरेको छ । 

गैरआवासीय नेपाली सङ्घका सल्लाहकार डा. सञ्जीव सापकोटाका अनुसार पीडितहरूले स्वास्थ्य सम्बन्धी समस्या परेमा विज्ञ चिकित्सकहरूसँग सिधै सम्पर्क गर्न सक्ने छन् । 

पीडितहरूले चिकित्सकलाई कल वा म्यासेज गरेर आफूले भोगेको विपद्को कारण उत्पन्न भएका स्वास्थ्य समस्याहरू वा पहिलेदेखिका स्वास्थ्य समस्याहरू झनै बिग्रिएको अवस्थामा स्वास्थ्य सल्लाह लिन सक्नेछन्।

हटलाइनमा मानसिक स्वास्थ्य सम्बन्धी सल्लाहकारहरू पनि समावेश छन् जसलाई मानिसहरूले विपद्को कारण भएको मानसिक आघात जस्तो कि अनिद्रा, डर, चिन्ता, झर्को लाग्ने, आत्महत्याका विचार आउने जस्ता समस्याहरूमा सल्लाह लिन सकिने छ ।  

हटलाइनमा डा. शागर विश्वकर्मा, डा. संगिता छन्त्याल, डा. कुन्दन कुमार यादव र डा. शिव कुमार महतोले स्वास्थ्य सम्बन्धी परामर्श दिने भएका छन् ।

विस्तृत जानकारीको लागि डा. संजिव सापकोटा, शक्ति चौरसिया र डा. प्रभात अधिकारीलाई सम्पर्क गर्न संघले आग्रह गरेको समाचार संयोजक तथा आईसीसी सदस्य  चिरन शर्माले जनाए ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १२ : २७ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया