कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउँछौँ : शेखर कोइराला « Khabarhub

कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउँछौँ : शेखर कोइराला


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने गरी काम गर्नुपर्ने बताएका छन् ।

काठमाडौंको बालुवाटारस्थित सम्पर्क कार्यालयमा सोमबार बिहान नेपाल दलित सङ्घका नेताहरूसँगको भेटघाटका क्रममा उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने भएकाले सोही अनुसारको तयारी गर्न आग्रह गरे । 

‘कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने हो । त्यसका लागि अहिलेदेखि नै काम गर्नुहोला,’ कोइरालाले भने, ‘दशैं–तिहारको रमाइलोमा मात्रै होइन, जनताको सुख–दुःखमा पनि पुग्नुस् । दशैंको शुभकामना । कांग्रेसमा पैसा नहुनेहरूले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा विकास भएकाले त्यसलाई चिर्नका लागि १५ औं महाधिवेशन पर्खनु पर्ने उनले बताए ।  ‘१५ औँ महाधिवेशन पछि यस्तो धारणा हटेर जान्छ,’ कोइरालाले भने, ‘इमान्दार र योग्य जो कोहीले अवसर पाउँछ भन्ने मान्यता १५ औं महाधिवेशनपछि स्थापित गरिछाड्छौँ ।’

भेटमा दलित सङ्घका केन्द्रीय सदस्य मुक्तबहादुर महतोले नेता कोइरालासँगको भेटमा दलित सङ्घको आगामी गतिविधि, राजनीतिमा दलित समुदायको निर्णायक उपस्थिति लगायतका विषयमा छलफल भएको जानकारी दिए । 

भेटमा सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरू सरिता प्रसाईँ, प्रकाश स्नेही रसाइली, सञ्जयकुमार गौतम, सांसद सीता मिजारलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १२ : ४५ बजे

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका

शुक्रबारसम्म नै पानी पर्छ, कतिपय ठाउँमा ठूलो वर्षा हुन्छ : मौसमविद्

काठमाडौं– पछिल्लो समयमा परेको पानी आगामी शुक्रबारसम्म नै पर्नसक्ने मौसविद्ले

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु