जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता « Khabarhub

जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता पाएको छ। दक्षिण अमेरिकामा रहेको चिलीको स्यान्टियागोमा सोमबार सम्पन्न विश्व सम्मेलनले जसपा नेपाललाई सङ्गठनको सदस्यता दिने निर्णय गरेको हो ।

 समाजवादी, सामाजिक लोकतान्त्रिक, श्रमिक र प्रगतिशील पार्टीहरूको साझा अन्तर्राष्ट्रिय सङ्गठनको यो निर्णयसँगै जसपा नेपाल प्रोग्रेसिव अलान्सको नयाँ सदस्य पार्टी बनेको हो । 

विश्वका एक सय ९० वटा राजनीतिक पार्टी सदस्य रहेको उक्त सम्मेलनमा नयाँ सदस्यताका लागि भएको मतदानमा जसपा नेपाललाई सर्वसम्मतबाट सदस्यता प्रदान गर्ने निर्णय गरिएको हो । 

सबै महादेशबाट प्रोग्रेसिव अलाइन्सका करिब दुई सय राजनीतिक दलका प्रतिनिधि सहभागी उक्त अन्तर्राष्ट्रिय अधिवेशनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र विदेश विभाग प्रमुख अर्जुन थापा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी भएका थिए ।

प्रगतिशील र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको युगको लागि स्वतन्त्रता, सामाजिक न्याय, मानवअधिकारको सुनिश्चितता, लैङ्गिक विभेद, सामाजिक–आर्थिक तथा जातीय विभेद, असमानता र उत्पीडनको अन्त्य एवं पर्यावरणीय सुरक्षा जस्ता अवधारणाका साथ उक्त सम्मेलन सम्पन्न भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  २ : २२ बजे

एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

वाइडबडी प्रकरणमा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष

दयाराम स्मृति सम्मान शङ्कर लिम्बू र मानवअधिकार पुरस्कार पत्रकार मेनुका ढुङ्गानालाई

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा

हर्क साम्पाङको ‘हर्कवाद’मा सांसदहरू मन्त्री बन्न नपाउने

काठमाडौं– श्रम संस्कृति पार्टीले आफ्नो मूल राजनीतिक सिद्धान्त ‘हर्कवाद’ घोषणा

विराटनगर इन्टरनेशनल कलेजको दीक्षान्त सम्पन्न

विराटनगर– विराटनगर इन्टरनेशनल कलेजले आइतबार वार्षिक दीक्षान्त समारोह–२०२५ सम्पन्न गरेको छ। सोल्टी