म्याग्दीमा व्यावसायिक अकबरे खुर्सानी खेती, प्रतिकिलो २५० का दरले बिक्री « Khabarhub

म्याग्दीमा व्यावसायिक अकबरे खुर्सानी खेती, प्रतिकिलो २५० का दरले बिक्री


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानले जिल्लामै पहिलोपटक अकबरे (डल्ले) जातको खुर्सानीको व्यावसायिकखेती थालेका छन् । 

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले भकिम्लीका किसानले व्यक्तिगत र सामूहिक रुपमा व्यावसायिक अकबरेखेती गर्न थालेका जानकारी दिए। 

‘भूगोल र हावापानी अनुकूल भएकाले भकिम्लीको व्यावसायिक अकबरे खुर्सानीखेती सफल देखिएको छ’, उनले भने, ‘बेनी, दरवाङ, तातोपानी, गलेश्वरलगायत बजार क्षेत्रमा आवश्यक पर्ने अकबरे खुर्सानी तराई र पूर्वी पहाडी जिल्लाबाट ल्याउने क्रम घटेको छ ।’ 

भकिम्लीको गङ्गा पशुपक्षी तथा फलफूल कृषि फार्मका सञ्चालक खिमबहादुर आले मगरले कोदो, मकैलगायत परम्परागत खाद्यबालीको विकल्पमा सात रोपनी जमिनमा हालसम्म उत्पादन भएको सात सय  किलोग्राम अकबरे खुर्सानी बेचेर  एक लाख ७५ हजार आम्दानी गरेको बताए । 

‘बेनीका तरकारी पसलमा होलसेलमा प्रतिकिलो २५० का दरले अकबरे खुर्सानी बिक्री भएको छ’, उनले भने, ‘परम्परागत अन्नबालीको तुलनामा खुर्सानीखेतीबाट धेरै गुणा बढी आम्दानी गर्न सकिन्छ ।’

आलेका साथै बेलढुङ्गा कृषक समूहले सात रोपनी, चिनाखेतका दीपक पुन, दिवस घर्तीलगायतका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती गरेका छन् ।

बेलढुङ्गा कृषक समूहका सचिव भीमबहादुर रोकाले ताप्लेजुङबाट बीउ ल्याएर परीक्षणका लागि गरेको अकबरे खुर्सानीखेती सफल भएपछि व्यावसायिकखेती थालेको बताए । 

१९ जना किसानले पाँच-पाँच लाखका दरले लगानी गरेर ३५ रोपनी जग्गा भाडामा लिएर बसाइँसराइसँगै बाँझिएको खेतबारीमा खनजोत गरी खुर्सानी, किबी, सुन्तला, आलुखेती र नर्सरी सञ्चालन गरेका छन् । 

दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबरे खुर्सानीखेती गर्न सकिन्छ । खुर्सानीखेती भकिम्लीका किसानलाई तरकारीखेती प्रवर्द्धन कार्यक्रममार्फत अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलाले बताए । 

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  २ : ५१ बजे

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल