शेयर बजारमा हरियाली, ३७ अंकले बढ्यो नेप्से « Khabarhub

शेयर बजारमा हरियाली, ३७ अंकले बढ्यो नेप्से


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सोमबार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा हरियाली आउँदा २७०० विन्दु पार गरेको बजार पुन: १६०० को विन्दुमा झरेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७.१३ अंकले बढेको छ । नेप्से १.३९ प्रतिशतले बढेर २६९०.७२ विन्दुमा पुगेको छ ।

आज ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर किनबेच भएको छ । १७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

प्रि–ओपन सेसनमा ३ अंकले बढेर सुरु भएको शेयर बजार खुलेदेखि नै निरन्तर बढेको थियो । बजार बढेर ३ पटक सम्म २७०० को विन्दु पार गरेको थियो । तर बजार बन्द हुँदा भने नेप्से बढेर २६९० विन्दु कायम भएको हो । आज बजारमा एक पटक पनि घटेको थिएन । 

आज २ वटा बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । फाइनान्स समूह ०.७१ प्रतिशतले घटेर ३ हजार ३३१ विन्दुमा र उत्पादन तथा प्रशोधन समूह १.२९ प्रतिशतले घटेर ७ हजार १५४ विन्दुमा आएको छ । 

सबैभन्दा बढी होटल एण्ड टुरिजम समूह ३.५० प्रतिशतले बढेर ६ हजार ७४९ विन्दुमा पुगेको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.३४ प्रतिशतले बढेर २०.७० विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बैंक समूह १.९०, विकास बैंक १.१९ प्रतिशतले, हाइड्रोपावर १.०५ प्रतिशतले, लगानी १.४६ प्रतिशतले, जिवन बीमा १.११ प्रतिशतले, लघुवित्त १.५१ प्रतिशतले, निर्जीवन बीमा ०.८८ प्रतिशतले, अन्य समूह २.६१ प्रतिशतले र ट्रेडिङ समूह १.४६ प्रतिशतले बढेको हो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ३ : १६ बजे

सन् २०२५ : ब्लकबस्टर ‘परान’, दयाहाङको अभिनय रहेका ११ फिल्मको व्यापार विजोग

काठमाडौं – चलचित्र विकास बोर्डका अनुसार सन् २०२५ जनवरी १

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

रौतहट– मंङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी

हेटौँडा– मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये