बाढीपहिरोमा तीन विदेशीको मृत्यु भएको पुष्टि, पाँचजना घाइते « Khabarhub

बाढीपहिरोमा तीन विदेशीको मृत्यु भएको पुष्टि, पाँचजना घाइते


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत असोज ११ र १२ गते देशका विभिन्न भागमा आएको बाढीपहिरोमा परेर तीनजना विदेशी नागरिकको मृत्यु भएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा दुईजना कोरियन नागरिकले ज्यान गुमाएका छन् ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–४ च्यानेस्थित सिन्धु बीच रिसोर्टमा पहिरोले पुरेर उनीहरूको ज्यान गएको हो ।

त्यसैगरी रामेछापको खाँडादेवी नगरपालिकामा पनि एकजना अमेरिकी नागरिकको पहिरोमा परेर ज्यान गएको छ ।

रामेछापकै खाँडादेवीमै एकजना भारतीय नागरिक घाइते घाइते भएका छन् । उता दोलखास्थित एक रिसोर्टमा पहिरोले पुरेर एकजना कोरियन नागरिक पनि घाइते छन् ।

यता ललितपुरमा बाढीमा परेर तीनजना भारतीय नागरिक घाइते भएका छन् । पूर्वी नेपालको पाँचथरमा एकजना भारतीय नागरिक बाढीमा परेर बेपत्ता छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ४ : ०६ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका