भोजपुर गइरहेको बस सिन्धुलीमा दुर्घटना, कम्तीमा २ जनाको मृत्यु | Khabarhub Khabarhub

भोजपुर गइरहेको बस सिन्धुलीमा दुर्घटना, कम्तीमा २ जनाको मृत्यु


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंबाट भोजपुरतर्फ गइरहेको एउटा यात्रु बस सिन्धुलीमा दुर्घटनाग्रस्त भएको छ ।

भोजपुरका लागि गइरहेको बस मदन भण्डारी राजमार्गअन्तर्गत हरिहरपुर गाउँपालिका-५ द्वारखोलाको पुलनजिकै दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाउनेको नाम खुलिसकेको छैन ।

हरिहरपुर गाउँपालिका-५ का वडाध्यक्ष कमलकुमार राईले दुर्घटनामा दुईजना यात्रुको मृत्यु भएको पुष्टि गरेका छन् । तर उनले मृतकको सनाखत भइनसकेको बताए ।

बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए।

बसमा ४७ जना यात्रु सवार थिए । घाइतेहरूलाई कपिलकोट र सिन्धुली जिल्ला अस्पताल पठाइएको उनले बताए । बस सडक छेउमै पल्टिएर दुर्घटनाग्रस्त भएपछि क्रेनले तानेर निकालिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ४ : ४३ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा