प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हरेन्द्र पाठकलाई प्रधानसेनापति अशोक राज सिग्देलले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

पदोन्नतिसँगै उपरथी पाठक नेपाली सैनिक वार कलेजको शिक्षाधिकृतमा नियुक्त भएका छन् ।

प्रधानसेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति हुनु भएका महासेनानी मनी कुमार श्रेष्ठ र महासेनानी विष्णु बहादुर कार्कीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह एवं महासेनानी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक प्रमुख सेनानी डा. निरव कायस्थ, प्रमुख सेनानी प्रशान्त बज्राचार्य, प्रमुख सेनानी रित बहादुर रानाभाट, प्रमुख सेनानी सरोज राना र प्रमुख सेनानी सुशील महतलाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतका परिवारजनको उपस्थिति थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ५ : ३२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन