प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हरेन्द्र पाठकलाई प्रधानसेनापति अशोक राज सिग्देलले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

पदोन्नतिसँगै उपरथी पाठक नेपाली सैनिक वार कलेजको शिक्षाधिकृतमा नियुक्त भएका छन् ।

प्रधानसेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति हुनु भएका महासेनानी मनी कुमार श्रेष्ठ र महासेनानी विष्णु बहादुर कार्कीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह एवं महासेनानी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक प्रमुख सेनानी डा. निरव कायस्थ, प्रमुख सेनानी प्रशान्त बज्राचार्य, प्रमुख सेनानी रित बहादुर रानाभाट, प्रमुख सेनानी सरोज राना र प्रमुख सेनानी सुशील महतलाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतका परिवारजनको उपस्थिति थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ५ : ३२ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज कोजाग्रत पूर्णिमा, यस वर्षको बडादसैँ समापन हुँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६