हमासको आक्रमणमा नेपाललाई लागेको घाउ पुरिन बाँकी छ : एनपी साउद « Khabarhub

हमासको आक्रमणमा नेपाललाई लागेको घाउ पुरिन बाँकी छ : एनपी साउद


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहको आक्रमणमा नेपाललाई पुगेको क्षतिको घाउ अझै पुरिन बाँकी रहेको बताएका छन् ।

हमास आक्रमणको एक वर्ष पुगेको दिनको सम्झनामा सोमबार इजरायली दूतावासले काठमाडौंमा गरेको समारोहमा पूर्वमन्त्री साउदले यस्तो बताएका हुन् ।

इजरायलमाथि हमासले गरेको आक्रमणमा ‘अध्ययन र आर्जन सँगसँगै’ कार्यक्रमअन्तर्गत गएका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

आक्रमणकै दिन हमासले अपहरण गरी बन्धक बनाएका कञ्चनपुरका विद्यार्थी विपिन जोशी अझै बेपत्ता रहेको प्रसंग उल्लेख गर्दै साउदले आक्रमणको घाउ पुरिन बाँकी रहेको उल्लेख गरेका हुन् । 

२०८० असोज २१ गते इजरायलमा हमास समूहले आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । जोशीलाई हमास समूहले अपहरण गरी बन्धक बनाएको भिडियो इजरायली सेनाले सार्वजनिक गरे पनि अझैसम्म फर्काउन सकिएको छैन ।

आक्रमणमा एक हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । थुप्रै घाइते र अपाङ्ग भएका थिए । आक्रमणको समयमा इजरायलमा ‘अध्ययन र आर्जन सँगसँगै’ कार्यक्रमअन्तर्गत पढ्न गएका १० नेपाली विद्यार्थीको मृत्युको थियो । 

नेपाल सरकारले हमास आक्रमणको कडा शब्दमा भर्त्सना गरेको थियो । त्यसबेला साउद नै परराष्ट्रमन्त्री थिए । उनी आफैं इजरायल पुगेर नेपालीहरूलाई उद्धार गरी ल्याएका थिए ।

‘यो भयावह घटनाको सामना गर्दै त्यतिबेला चुनौतीपूर्ण र पीडादायी अवस्थामा काम गर्नु परेको थियो । इजरायल सरकारको सहयोगमा नेपाली नागरिकहरूको सुरक्षित उद्धार र मृतकको शव नेपाल ल्याउन सकियो,’ साउदले भने, ‘घाइते विद्यार्थीहरूको इजरायलमै उपचार भएको थियो ।’

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ५ : ५० बजे

नेपालको आर्थिक वृद्धि ७ प्रतिशत पुर्‍याउन सकिने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०२६/२७ मा मुलुकको

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई

होर्मुजमा तेल ट्यांकरमाथि अज्ञात प्रहार : समुद्री एजेन्सी

लन्डन– स्ट्रेट अफ होर्मुज नजिकै ओमानको तटमा एउटा तेल ट्यांकर

ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेका छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको

हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं- राष्ट्रियसभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको जनधनको क्षति, शान्ति सुरक्षा,