झगडापछि बिरामी परेका एक युवकको मृत्यु | Khabarhub Khabarhub

झगडापछि बिरामी परेका एक युवकको मृत्यु


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

दोलखा – यहाँको बिगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको छ । 

विगु गाउँपालिका–२ वराङका २२ वर्षीय धीरज ठकुरीको मृत्यु भएको हो । स्थानीयका अनुसार दुई दिनअघि गाउँकै २९ वर्षीय नारायण तामाङसँग  झगडापछि ठकुरी बिरामी परेका थिए ।

उपचारका लागि सिंगटी प्राथमिक अस्पताल भर्ना गरिएकामा ठकुरीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अस्पतालको प्रारम्भिक ‘एक्सरे रिपोर्ट’मा मृतकको छातिको दाहिने भागमा रगत र पानी जमेको जस्तो देखिएको प्रहरीको भनाइ छ । 

मृतकको शव परीक्षणका लागि सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पताल ल्याइएको छ । ठकुरीसँग झगडा गरेका तामाङलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

 जिल्ला प्रहरी कार्यालय दोलखाले घटनाबारे अनुसन्धान भइरहेको र शव परीक्षण रिपोर्ट पश्चात मृत्युको कारण खुल्ने प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ६ : ५७ बजे

ओलीलाई जाँचबुझ आयोगले बोलायो भने लाखौँ कार्यकर्ता सिंहदरबार छिर्छन् : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीका अध्यक्ष एवम्

एनपीएल सिजन २ : युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

काठमाडौं– एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात एनपीएल दोस्रो संस्करणको

नेतृत्वमा ७० माथिकै रजगज, छोड्न कोही छैनन् तयार  

काठमाडौं– विश्वका हरेक ठूला परिवर्तनमा युवापुस्ता अग्र स्थानमा देखिन्छन् ।

‘धुलो टक्टक्याएर लाइसेन्स छपाइ सुरु गर्‍यौँ’

बनेपा– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्र