सन् २०२८ सम्म भारतको डिजिटल अर्थतन्त्र १ खर्ब डलरको हुने « Khabarhub

सन् २०२८ सम्म भारतको डिजिटल अर्थतन्त्र १ खर्ब डलरको हुने


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२८ सम्म भारतको डिजिटल अर्थतन्त्र १ खर्ब डलर बराबर पुग्ने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

आस्क क्यापिटलले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२८ सम्म भारतको डिजिटल अर्थतन्त्र १ ट्रिलियन डलर पुग्ने जनाइएको छ ।

खासगरी ग्रामीण क्षेत्रमा समेत प्रभावकारी र सस्तो मूल्यको फोरजी र फाइभजी इन्टरनेटको सेवा विस्तार, डिजिटल अर्थतन्त्रको प्रोत्साहनमा सरकारी भूमिकाजस्ता कारणले भारतीय डिजिटल अर्थतन्त्रको आकार बढ्ने विश्लेषण गरिएको छ । भारतको डिजिटल रुपान्तरण आर्थिक विकासका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

इण्डियन काउन्सिल फर रिसर्च अन इन्टरनेशनल इकोनोमिक रिलेसन्सका अनुसार भारतको डिजिटल कारोबारको प्रभाव जापान, जर्मनी, बेलायतभन्दा धेरै रहेको छ । स्मार्टफोन र ब्रोडब्याण्ड इन्टरनेटको बढ्दो प्रचलनसँगै भारतमा डिजिटल अर्थतन्त्र अझै माथि जाने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ९ : १० बजे

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ

सरकार र दुर्गा प्रसाईंको समूहबीच वार्ता सुरु

काठमाडौं- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

टोकियो- पूर्वी जापानको चिबा प्रिफेक्चरमा गत साता परेको कीर्तिमानी मुसलधारे