तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने « Khabarhub

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक तुर्कमेनिस्तानमा आयोजित एक मञ्चमा इरानका राष्ट्रपति मसुद पेजेश्कियानसँग वार्ताका लागि भेट गर्ने एक वरिष्ठ सहयोगीले सोमबार बताएका छन् ।

पुटिनका विदेश नीति सहयोगी युरी उशाकोभले दुई नेताबीच आश्गाबातमा तुर्कमेन कविको सम्मानमा आयोजित कार्यक्रममा सहभागी हुँदा भेट्ने कार्यक्रम रहेको पत्रकारहरूलाई बताए ।

“यो बैठकले द्विपक्षीय मुद्दाको छलफलका साथै अवश्य नै मध्यपूर्वमा तीव्र रूपमा बढेको तनावपूर्ण स्थितिको छलफलका लागि पनि महत्त्व राख्दछ”, उनले भने । मध्य एसियाली मुलुकहरूका नेताहरू १८औँ शताब्दीका कवि मग्तिमगुली पिरागीको ३००औँ जन्मजयन्ती मनाउन भेला भइरहेका छन् ।

रुसी राष्ट्रपति पुटिनको उपस्थिति पहिले घोषणा गरिएको थिएन । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले गत साता पेजेश्कियन र प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफसँग वार्ताका लागि इरानको भ्रमण गरेका थिए ।

पुटिन र पेजेश्कियानबीचको वार्ता इजरायलले लेबनानमा इरान समर्थित हिजबुल्लाहलाई लक्षित गरी व्यापक बमबारी गरिरहेको र रुसले केही नागरिकलाई निकालिरहेको बेला हुन लागेको हो । रुसको इरानसँग घनिष्ठ सम्बन्ध छ र पश्चिमी सरकारहरूले तेहरानमाथि मस्कोलाई ड्रोन र क्षेप्यास्त्र आपूर्ति गरेको आरोप लगाएका छन् । इरानले आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ ।

पेजेश्कियानले उदीयमान अर्थतन्त्रहरूको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन यसै महिना रुसको भ्रमणका क्रममा पुटिनसँग वार्ता गर्दै छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १० : ०६ बजे

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण

साउनको दोस्रो सोमबार पशुपतिनाथ र डोलेश्वरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ, भक्तपुरको डोलेश्वरलगायत देशभरका शिवालयमा

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको

ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकारमा आफ्नो

कोशी र लुम्बिनीमा मुख्यमन्त्री फेर्ने ओलीको तयारीले किचलो, बागमतीमा पनि झमेला

काठमाडौं- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता