भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण पाँच जनाको मृत्यु « Khabarhub

भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण पाँच जनाको मृत्यु


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना ९आइएएफ० को प्रदर्शनमा गर्मी र कथित खराब भीड व्यवस्थापनका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने धेरैलाई अस्पतालमा भर्ना गरिएको छ ।

आइएएफको ९२औँ वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार सहरको मरिना समुद्री तटमा आयोजित कार्यक्रममा कीर्तिमानी १५ लाख मानिसले भाग लिएका थिए ।

द्रविड मुन्नेत्र कझगमका सांसद कनिमोझी करुणानिधिले सोमबार भने, “आइएएफको प्रर्दशनपछि गर्मीका कारण पाँच जनाको मृत्यु भएको छ । पाँच जनाको मृत्युको खबर अत्यन्तै दुःखद् र पीडादायी छ ।”

चेन्नाईको मरिना समुद्र तटमा आयोजित सैन्य उडान साहसिक कार्यक्रमको प्रत्यक्षदर्शी जनता भीड र चर्को गर्मीबाट पीडित थिए ।

नयाँदिल्लीस्थित टेलिभिजन समाचार च्यानल एनडिटिभीले अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस पुगेको दिन आयोजित कार्यक्रममा दर्शकको क्षेत्रमा पिउने पानीको पर्याप्त व्यवस्था नभएको बताएको छ ।

स्थानीय सरकारका चिकित्सा तथा परिवार कल्याणमन्त्री मा सुब्रमण्यमले कार्यक्रममा खानेपानी आपूर्ति, चिकित्सा टोली र भीड नियन्त्रणका लागि सुरक्षा व्यवस्था मिलाइएको बताए ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १० : २९ बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण