आज २०८१ साल कात्तिक २२ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक २२ गते बिहीबारको राशिफल


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक २२ गते बिहीबार तदनुसार सन् २०२४ नोभेम्बर ७ तारिख। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। छठ पर्व। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : साथीभाइ र परिवारको साथ मिल्नेछ। स्वास्थ्यमा देखिएको समस्याको सुधार हुनेछ। उत्तरको यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : साना कुरामा रिस उठ्नसक्छ। रिसलाई नियन्त्रणको प्रयास गर्नु राम्रो हुनेछ। साथीभाइले असहयोग गर्ने भएकाले सचेत हुनुपर्नेछ। खानपानमा समस्या हुनेछ। राजनीतिक संगठनमा भने सेवाको अवसर मिल्नेछ।

मिथुन : सप्तम भावमा चन्द्रमा पुगेकाले मनमा भएका विकृति हटेर जानेछन्। परिवारभित्र गरेको लगानी नउठ्ने खतरा छ। राजनीतिक संगठनमा गरेको प्रयास सफल नहुने भएकाले सचेत बन्नुपर्नेछ।

कर्कट : आफन्त टाढिने दिन छ। थोरै बोलेर आफन्तलाई खुशी पार्न सकिन्छ। स्वास्थ्य र शिक्षाको लगानीबाट राम्रो फाइदा हुनेछ। लगानीका लागि हिम्मत गर्नुपर्नेछ। परिवारमा भने तपाईंको भन्दा अरुको कुरा बढी बिक्नसक्छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। धार्मिक क्षेत्रका अभियान्तासँगको भेटले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्या : परिवारको सल्लाहमा अगाडि बढेमा दिन सहज छ। सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुने जोखिम छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ।

तुला : दिन सहज छ। आफन्तले साथ दिनेछन्। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारले साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : औषधी नियमित नहुँदा रोगले सताउने जोखिम छ। धनस्थानमा रहेका चन्द्रमाले सम्पत्तिको संरक्षणका लागि साथ दिनेछन्। परिवारको तर्फबाट रचनात्मक साथ र सहयोग मिल्नेछ। खानपानमा विशेष ध्यान दिनुपर्नेछ।

धनु : आफूले नेतृत्व गरेको संस्थामा विरोध हुनसक्छ। तपाईंको पक्षमा बहुमत भएकाले विरोधको स्वर कमजोर हुनेछ। मनमा लागेको कुरामा निरन्तर दिएमा सफलता मिल्नेछ।

मकर : तपाईंले गरेका राम्रा कामको जस अरुले लिनेछन्। व्यापारमा घाटा हुने योग छ। दाजुभाइको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षाका क्षेत्रमा ढिलासुस्ती हुनसक्छ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।

कुम्भ : समकक्षीसँग सहकार्य गर्नु फाइदा हुनेछ। आफूभन्दा ठुलासँग गरेको कारोबारले घाटा हुनेछ। संकटको समयमा आफन्तले साथ दिनेछन्। बिहान शिवको भजन सुनेमा दिन सहज र शान्त बन्नेछ।

मीन : दिन सहज छ। आफ्नो योजना सार्वजनिक नगरी काम गर्नु राम्रो हुनेछ। काम सुरु नहुँदै विषयवस्तु सार्वजनिक गरेमा धोका हुनेछ। राज्यको तर्फबाट भन्दा निजी लगानीबाट फाइदा हुनेछ। साथीको साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ५ : १२ बजे

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक,

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण