च्याम्पियन्स लिगमा एस्टन भिल्लाको पहिलो हार « Khabarhub

च्याम्पियन्स लिगमा एस्टन भिल्लाको पहिलो हार


२२ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस सिजनको च्याम्पियन्स लिगमा एस्टन भिल्लाले पहिलो पराजयको सामना गरेको छ। बुधबार राति ब्रसेल्समा भएको खेलमा क्लब ब्रगसँग भिल्ला १–० ले पराजित भएको हो।

भिल्लाको हारको कारण दुर्भाग्य पूर्ण पेनाल्टी थियो। भिल्लाका गोल रक्षक एमिलियानो मार्टिनेजले हातले बल चलाएका थिए। टोलीका रक्षक ट्रोयन मिङ्सले बल चलेको छैन भन्ने सम्झेर सो बल हातले समाएका थिए। हेन्ड बलमा पेनाल्टी पाएपछि ब्रगका कप्तान हान्स भानाकेनले त्यसको सदुपयोग गर्दै निर्णायक गोल गरेका हुन्।

यसअघि एस्टन भिल्ला च्याम्पियन्स लिगका सुरुवाती तीन खेलमा विजयी भएको थियो।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ७ : ५१ बजे

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज