क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित | Khabarhub Khabarhub

क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- गत महिनाको बाढीपहिरोमा परी यहाँ ७९ जनाले ज्यान गुमाए । भौतिक सम्पत्तिमा पनि ठूलो क्षति भयो ।

स्थानीय तह खोज, उद्धार तथा राहत सामग्री वितरणमा लागेको महिना नाघिसकेको छ । तर, क्षतिको वास्तविक विवरण तयार नहुँदा पुनर्वास कार्यक्रम प्रभावित भएको छ ।

चालीस दिन बितिसक्दा पनि स्थानीय तहले क्षतिको पूर्णविवरण तयार गर्न नसक्दा केन्द्र सरकारबाट प्राप्त हुने सहयोग उपलब्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पटकपटक विपद् पीडित उद्धार र राहतसम्बन्धी (सातौँ संशोधन) मापदण्ड २०७७, बमोजिम  घर, बहाल, आवास नष्ट भएका वा खाद्यान्न–बाली तथा जग्गा जमिन वा पसल व्यवसायसमेत नोक्सानी भई तत्काल गुजाराका लागि खाद्यान्न समेत नभएका वा दुवै अवस्थाका पीडित परिवारलाई यथाशीघ्र प्रतिपरिवार पाँच जनासम्मको हकमा रु १५ हजार र सोभन्दा बढी सदस्य भएमा रु २० हजारका दरले जिल्ला विपद् व्यवस्थापन कोषबाट नगद उपलब्ध गराउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए ।

स्थानीय तहले क्षतिको विवरण उपलब्ध नगराउँदा राहत एवं पुनर्वासको कार्यक्रम प्रभावित भएको उनले बताए । अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने मापदण्डअनुसारको विवरण स्थानीय तहसँग माग गरिएको उनले जानकारी दिए ।

विशेष गरी अधिक क्षति भएको जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित पनौती नगरपालिका तथा बेथानचोक र रोशी  गाउँपालिकामा पुनर्वास एवं आवास निर्माणका लागि तथ्यांक संकलन जारी छ । यी स्थानीय तह जिल्लाका १३ स्थानीय तहमध्ये अति प्रभावित क्षेत्र हुन् । यी क्षेत्रका स्थानीय आधारभूत भौतिक पूर्वाधारको अभावमा कष्टकर जीवन बिताउन बाध्य छन् ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले क्षतिको विवरण संकलन अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार प्रारम्भिक तथ्यांकअनुसार बाढीपहिरोबाट गाउँपालिकाका ३५० घरमा पूर्णरुपमा क्षति भएको छ ।

पनौतीमा सात सय घर पूर्णरुपमा क्षति भएका ठानिएको छ । बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बाढीपहिरोबाट घर–जमिनसमेत बगेका परिवारको तथ्यांक संकलन भइरहेको बताए । उनले बेथानचोकमा पनि आवास निर्माणका लागि विभिन्न संघसंस्थासँग छलफल अघि बढाइएको बताए । बेथानचोकमा चार हजार चार सय प्रभावित घरपरिवारमध्ये ५५० घरमा बस्नै नहुने गरी क्षति भएको छ ।

जिल्लामा हालसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार जिल्लामा निजी आवासतर्फ करिब चार हजार पूर्ण क्षति भएको छ । सात हजार घरमा आंशिक क्षति पुगेको अनुमान गरिएको छ । तीन दर्जन सरकारी भवन, तथा सोही सङ्ख्यामा सार्वजनिक भवनमा पूर्णरुपमा क्षति भएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ९ : १९ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका