यु–१९ महिला विश्वकप छनोट : कुवेतविरुद्ध नेपाल ब्याटिङमा « Khabarhub

यु–१९ महिला विश्वकप छनोट : कुवेतविरुद्ध नेपाल ब्याटिङमा


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यु– १९ महिला विश्वकप टी–२० क्रिकेटको एसिया छनोट अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन क्रिकेट रङ्गशालामा जारी खेलमा नेपालले टस जितेर कुवेतविरुद्व ब्याटिङ गरिरहेको छ ।

हिजो सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

यस्तै, कुवेत र युएईबीच भएको पहिलो खेलमा युएईले १०६ रनको अन्तरले कुवेतलाई हराएको थियो ।

कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।

नेपालले तेस्रो खेल शनिबार घरेलु टोली युएईसँग खेल्नेछ भने कात्तिक २५ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी कात्तिक २७ गते कुवेत र कात्तिक २८ गते युएईसँग खेल्नेछ ।

प्रतियोगितामा सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ । विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  १२ : २७ बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा