यु–१९ महिला विश्वकप छनोट : कुवेतविरुद्ध नेपाल ब्याटिङमा « Khabarhub

यु–१९ महिला विश्वकप छनोट : कुवेतविरुद्ध नेपाल ब्याटिङमा


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यु– १९ महिला विश्वकप टी–२० क्रिकेटको एसिया छनोट अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन क्रिकेट रङ्गशालामा जारी खेलमा नेपालले टस जितेर कुवेतविरुद्व ब्याटिङ गरिरहेको छ ।

हिजो सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

यस्तै, कुवेत र युएईबीच भएको पहिलो खेलमा युएईले १०६ रनको अन्तरले कुवेतलाई हराएको थियो ।

कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।

नेपालले तेस्रो खेल शनिबार घरेलु टोली युएईसँग खेल्नेछ भने कात्तिक २५ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी कात्तिक २७ गते कुवेत र कात्तिक २८ गते युएईसँग खेल्नेछ ।

प्रतियोगितामा सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ । विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  १२ : २७ बजे

काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ

‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न

संयुक्त राष्ट्र सुरक्षा परिषदले ‘होडैदा मिसन’ बन्द गर्दै

काठमाडौं– संयुक्त राष्ट्र सुरक्षा परिषदले यमनको ‘होडैदा’ क्षेत्रमा सञ्चालन हुँदै

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित बन्दै नेवार समुदाय

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर,

संघीयता खारेजीको एजेन्डासहित जनमोर्चाले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र 

काठमाडौं– राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको