रिलायन्स स्पिनिङ मिल्स विरुद्धको रिट खारेज  « Khabarhub

रिलायन्स स्पिनिङ मिल्स विरुद्धको रिट खारेज 


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुक बिल्डिङमार्फत सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) जारी गर्न लाग्दा रिलायन्स स्पिनिङ मिल्सको विरुद्धमा उच्च अदालत पाटनमा परेको रिट खारेज भएको छ । 

उच्च अदालत पाटनका न्यायाधीस कृष्णराम कोइराला र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बुधबार रिट खारेज गर्ने फैसाला गरेको हो । 

अदालतमा काठमाडौं–४ का हरिबहादुर केसी र नेपालगञ्ज–१३ का खुसलराम धितालले अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्स र रिलायन्स लाई विपक्षी बनाइ रिलायन्सले बुक बिल्डिङ विधिकै दुरुपयोग गरी ठगी गर्ने मनसाय राखेर आईपीओ निष्कासन गर्ने खोजेकाले रोक्न माग गर्दै गत असार २५ गते रिट दायर गरेको थियो । 

रिलायन्सलाई सेबोनले इतिहासकै महँगो आईपीओ जारी गर्ने अनुमति दिएको थियो । तर, रिलायन्सको वित्तीय विवरण सेबोनमा बुझाएको र कम्पनी आफैले सार्वजनिक गरेको फरक–फरक देखिएका कारण चौतर्फी विरोधपछि उच्च अदालत पाटनमा मुद्दा परेको थियो । 

आईपीओ जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सका वित्तीय विवरणमा गडबडी

उच्च अदालत पाटका न्यायाधीश अन्जु उप्रेती ढाकाले गत असार २६ गते रिलायन्सको आईपीओ जारी नगर्न अन्तरिम आदेश दिएकी थिइन् । सोही दिन सेबोनले पनि आईपीओ जारी तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । 

रिलायन्स स्पिनिङको आईपीओ जारी नगर्न उच्च अदालतको अन्तरिम आदेश

रिलायन्सले सेबोनसँग १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार बराबरको १९ लाख २६ हजार ६ सय कित्ता शेयर सर्वसाधारणमा जारी गर्न लागेको छ । 

बुक बिल्डिङ प्रक्रियाबाट तय गरिएको सो शेयरको मूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँ रहेको छ । न्यूनतम ५० कित्ताका लागि आवेदन दिन पाईने छ । 

रिलायन्सको इतिहासकै महँगो आईपीओ भएपनि वित्तीय विवरणमा भने गडबडी देखिन्छ । रिलायन्सले धितोपत्र बोर्डमा बुझाएको विवरणमा प्रतिशेयर नेटवर्थ आव ०७७-८ मा १६९ रुपैयाँ ०४ पैसा, आव ०७८-७९ मा १९२ रुपैयाँ १२ पैसा र आव ०७९-८० मा २४७ रुपैयाँ ६७ पैसा रहेको उल्लेख गरेको छ ।

तर, उस्तै र त्यही वर्ष तोकेर रिलायन्सले आफ्नो साइटमा सार्वजनिक गरेको विवरणमा भने आर्थिक वर्ष २०७७-७८ मा प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ७३ पैसा उल्लेख गरेको छ । जुन धितोपत्र बोर्डमा पेस गरेको विवरण भन्दा २ रुपैयाँ २१ पैसाले कम हो । 

रिलायन्स स्पिनिङ मिल्स प्रबन्धक सञ्चालक अक्षय गोल्यान भने धितोपत्र बोर्डले गर्दा वित्तीय विवरणमा त्यस्तो भएको बताउँछन् । बोर्डले वित्तीय विवरण अद्यावधिक नगरिदिँदा त्यस्तो हुन गएको गोल्यानको भनाई छ । 

‘हामीले धितोपत्र बोर्डले निर्देशन दिएअनुसार विगतको नेटवर्थमा पनि परिवर्तन गरेका थियौँ’, गोल्यानले खबरहबसँग भने, ‘त्यो वित्तीय विवरण हामीले सार्वजनिक गरेका थियौँ । तर, बोर्डले सार्वजनिक गरेन, त्यसकारण हाम्रो वित्तीय विवरणमा फरक देखिएको हो ।’

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  १ : १४ बजे

रास्वपाबाट निष्कासित भएपछि स्वर्णकारले भने- ‘मेरो राजनीतिक हत्या भयो’

बारा– राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

ऋण खोजेर सुरु गरेको तरकारीखेती बन्यो सोवितको पहिचान

म्याग्दी– तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ

लुम्बिनी प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा आजदेखि सरकारको विनियोजन विधेयक २०८३ का सिद्धान्त

छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति

मुस्ताङ– छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न