तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग | Khabarhub Khabarhub

तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

खाँदबारी – सङ्खुवासभा सदरमुकाम खाँदबारीमा समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रलाई स्थानीय मनोजकुमार श्रेष्ठका परिवारले २० लाख प्रदान गरेका छन् ।

बुधबार एक कार्यक्रमकाबीच श्रेष्ठले आँखा उपचार केन्द्रलाई २० लाखको चेक हस्तान्तरण गरे। उनीहरूले उक्त रकम गरीब, असहाय, दलित र विपन्नको उपचारमा खर्च गर्ने गरी प्रदान गरेका हुन्  । 

नेपाल नेत्र ज्योति सङ्घ सङ्खुवासभाका अध्यक्ष अनन्तकुमार गौलीले दाताबाट प्राप्त रकम अक्षयकोषका रुपमा राखिने र त्यहाँबाट प्राप्त ब्याजले उपचार गर्न नसक्ने आँखा रोगीहरूको उपचार गरिने बताए। 

यसअघि श्रेष्ठका पाँच दाजुभाइले दिवङ्गत बुबाआमा तेजबहादुर र रत्नकुमारी श्रेष्ठका नाममा तेजरत्न आँखा अस्पताल निर्माण गर्न ५० लाख नगद र छ रोपनी जग्गा निशुल्क दान गरेका थिए ।

तेजरत्न आँखा उपचार केन्द्रमा वार्षिक चार हजार आँखाका रोगी उपचारका लागि आउने गर्छन् । वार्षिक छ सय बढीको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया गर्ने गरेको आँखा उपचार केन्द्रले जनाएको छ । केन्द्रले कानको समेत उपचार सेवा दिँदै आएको छ । 

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  १ : ४१ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा