खोकनाका किसान धमाधम भित्र्याउँदैछन् धान (तस्बिरहरू) | Khabarhub Khabarhub

खोकनाका किसान धमाधम भित्र्याउँदैछन् धान (तस्बिरहरू)


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

ललितपुर- दशैंतिहार सकिएलगत्तै देशभरका अधिकांश किसान यतिबेला धान काट्ने चटारोमा छन् । अर्कातिर खेतबारी खाली गरेर गहुँसहितका बाली छर्ने काम पनि सुरु हुन लागेको छ ।

काठमाडौं उपत्यकाकै ऐतिहासिक र सांस्कृतिक महत्त्वको ठाउँ ललितपुरको खोकनामा पनि यतिबेला किसानलाई धान काटेर थन्क्याउने चटारो छ ।

खोकनामा यतिबेला कोही किसान धान काट्न खटिएका छन् भने कोही धान झार्न व्यस्त छन् । यस पटक धान राम्रो फलेकाले उनीहरू खुसी देखिएका छन् ।

यो वर्ष मनसुनले नेपाली कृषकलाई साथ दिँदा समयमै धान रोप्न सफल भएकाले त्यहीअनुसार फलेको पनि छ ।

कृषि विभागका अनुसार गत वर्षको तुलनामा यस वर्ष १३ लाख ४९ हजार हेक्टर बढीमा धान रोपाइँ भएको छ ।

अरु बेला पर्याप्त सिँचाइ सुविधा नहुँदा धान रोप्न आकाशे पानीको भर्नुपर्नु पर्थ्यो । तर यस वर्ष पर्याप्त पानी परेकाले छिट्टै धान रोप्दा किसानको मुहार चम्किएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  २ : ४५ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा