डोटीमा उपचारको क्रममा बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा « Khabarhub

डोटीमा उपचारको क्रममा बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा


२२ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीको सुजङ्ग अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ ।

दिपायल सिलगढी नगरपालिका–३ दिपायल बस्ने लोकेन्द्र भुलकी ९ वर्षकी छोरी रजनी भुलको पौडी खेल्ने क्रममा लड्न गई बायाँ हात भाँच्चिएर उपचारको लागि सुजङ्ग अस्पताल राजपुर डोटीमा ल्याएर सामान्य उपचार पश्चात् बुधबार साँझ अप्रेसन गर्नका लागि अप्रेसन थ्रेटरमा राखी बेहोस गर्ने क्रममा औषधीको रियाक्सनले बालिकाको मृत्यु भएको आशंकामा ती चिकित्सकहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

चिकित्सकहरू डा.राजमणि यादव, डा सुरेन्द्र कुमार चौधरी र डा. अभिषेक यादव प्रहरी नियन्त्रणमा लिएको हो । उपचारमा संलग्न चिकित्सकले कमजोरी गरेको आरोपमा उनीहरूलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

बालिकाको उपचारका क्रममा मृत्यु भएको सुजङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले पुष्टि गरे।

चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको मृतकका बुवा लोकेन्द्र भुलले बताएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ३ : ०१ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा