सलमानपछि शाहरुखलाई पनि आयो मार्ने धम्की « Khabarhub

सलमानपछि शाहरुखलाई पनि आयो मार्ने धम्की


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

मुम्बई- सलमान खानपछि भारतीय अभिनेता शाहरुख खानलाई पनि मार्ने धम्की आएको छ ।

फैजान खान नामक एक व्यक्तिले उनलाई मार्ने धम्की दिएका हुन् । यसबारे महाराष्ट्रको बान्द्रा पुलिस स्टेशनमा एक निवेदन दर्ता भएको छ । छत्तीसगढको रायपुर निवासी आरोपीले अभिनेता खानसँग ठूलो फिरौती पनि मागेका छन् ।

बलिवुड सुपरस्टार शाहरुख खानलाई एक फोन कलमार्फत मार्ने धम्की आएको हो । मुम्बईको बान्द्रा पुलिस स्टेशनले यसबारे छानबिन थालेको छ ।

समाचार अनुसार मुम्बई पुलिसको एक टिम यसबारे छानबिनका लागि रायपुर पुगेको थियो । बान्द्रा पुलिस स्टेशनमा एक अज्ञात व्यक्तिविरुद्ध अभिनेता शाहरुख खानलाई धम्की दिएको आरोपसहित केश दर्ता भएको छ ।

धारा ३०८(४), ३५१(३)(४) बीएनएसअनुसार ती व्यक्तिविसरुद्ध अपराध दर्ता भएको हो । मुम्बई पुलिसले भने यसबारे औ‍पचारिक पुष्टि गरेको छैन । रायपुर पुलिसका एक अधिकारीले मुम्बई पुलिसले शाहरुख खानलाई धम्की दिएको मामिलामा फैयाज खान नामका व्यक्तिलाई नोटिस पठाएको छ।

शाहरुख सदैव अन्डरवर्ल्डको सूचीमा रहने गरेका छन् । यसअघि पनि कयौँ पटक उनलाई मार्ने धम्की आउने गरेको थियो। अघिल्लो साल अक्टोबरमा फिल्म पठान र जवानको सफलतापछि उनलाई मार्ने धम्की आएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ३ : २१ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

विश्वकप : ब्राजिल र मोरक्को पहिलो हाफमा १-१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको