छठ पूजाका लागि तम्तयार जनकपुरधाम (तस्बिरहरू) | Khabarhub Khabarhub

छठ पूजाका लागि तम्तयार जनकपुरधाम (तस्बिरहरू)


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– आज बिहानैदेखि व्रतालुहरुले जनकपुरधाममा श्रृंगारिएका विभिन्न घाटमा प्रासादहरू राख्न थालेका छन् ।

अस्ताउने सूर्यलाई पूजाअर्चना गरी मनाइने छठ महापर्व मनाउनका लागि अहिलेदेखि वत्रालुहरुले घाटहरुमा फलफूललगायतका विभिन्न सामग्रीहरुसमेत राख्न थालेका छन् ।

शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासका साथ मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन व्रतालुले बेलुकी कुण्ड, पोखरी र तलाउमा उभी दुबै हत्केलामा पिठा  र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवानसहित अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्ने छन् ।

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने धार्मिक विश्वास अनुरूप आत्मीयता र सद्भावको प्रतीकको रुपमा पनि छठ पर्व मनाइन्छ । छठ पर्वमा धनी, गरिब, उचनिचको भेदभावरहित सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गर्छन् ।

छठ पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पुर्याउने गरेका कारण पनि यस पर्वमा श्रम विभाजनको अत्यको रुपमा लिने गरिन्छ । 

यस पर्वमा बाँसको सामग्रीमा अर्घ दिएपछि वंशवृद्धि, केरामा भगवान विष्णुको वास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको जनविश्वास रहेको पाइन्छ ।

 

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ३ : ५६ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको