छठ पूजाका लागि तम्तयार जनकपुरधाम (तस्बिरहरू) « Khabarhub

छठ पूजाका लागि तम्तयार जनकपुरधाम (तस्बिरहरू)


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– आज बिहानैदेखि व्रतालुहरुले जनकपुरधाममा श्रृंगारिएका विभिन्न घाटमा प्रासादहरू राख्न थालेका छन् ।

अस्ताउने सूर्यलाई पूजाअर्चना गरी मनाइने छठ महापर्व मनाउनका लागि अहिलेदेखि वत्रालुहरुले घाटहरुमा फलफूललगायतका विभिन्न सामग्रीहरुसमेत राख्न थालेका छन् ।

शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासका साथ मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन व्रतालुले बेलुकी कुण्ड, पोखरी र तलाउमा उभी दुबै हत्केलामा पिठा  र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवानसहित अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्ने छन् ।

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने धार्मिक विश्वास अनुरूप आत्मीयता र सद्भावको प्रतीकको रुपमा पनि छठ पर्व मनाइन्छ । छठ पर्वमा धनी, गरिब, उचनिचको भेदभावरहित सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गर्छन् ।

छठ पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पुर्याउने गरेका कारण पनि यस पर्वमा श्रम विभाजनको अत्यको रुपमा लिने गरिन्छ । 

यस पर्वमा बाँसको सामग्रीमा अर्घ दिएपछि वंशवृद्धि, केरामा भगवान विष्णुको वास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको जनविश्वास रहेको पाइन्छ ।

 

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ३ : ५६ बजे

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान, उत्कृष्ट माविलाई ५० लाखसम्म पुरस्कार

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको