युएईले गाजाका बिरामीहरूको उपचारमा सघाउने « Khabarhub

युएईले गाजाका बिरामीहरूको उपचारमा सघाउने


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त अरब इमिरेट्स (युएई) ले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा गाजा पट्टीबाट बालबालिका तथा क्यान्सरका बिरामीसहित गम्भीर घाइते भएका ८६ जना बिरामीहरूलाई उपचारका लागि मानवीय पहल गरेको छ ।

उनीहरू परिवारका १२४ जना सदस्यहरूसँगै इजरायलको रामोन विमानस्थलबाट केरेम सालोम सीमा पार गर्दै चिकित्सकीय उपचारका लागि अबु धाबी पुगेका थिए ।

विकास तथा अन्तर्राष्ट्रिय सङ्गठनका लागि विदेशमामिला सहायक मन्त्री मोहम्मद अल शम्सीले पहलले संयुक्त अरब इमिरेट्स र डब्लुएचओको सहकार्यको स्थरलाई प्रतिबिम्बित गर्दै गाजामा मानवीय विपत्तिको बीचमा भाइचाराले सहयोग गर्ने संयुक्त अरब इमिरेट्सको प्रतिबद्धताको उदाहरण पेश गर्ने बताएका छन् ।   

अल शम्सीले संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय साझेदार र राहतका लागि काम गर्दै आएका  संस्थाहरूसँग सहकार्यमा दृढ रहेको बताउँदै घाइते तथा गम्भीर रोगबाट पीडितलाई स्वास्थ्य सेवा प्रदान गर्न अग्रणी भूमिका जारी राख्ने बताएका छन् ।  

युएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले देशका अस्पतालमा एक हजार घाइते तथा क्यान्सर पीडित प्यालेस्टिनी बिरामीको उपचार सुरु गरेको बताएका छन् । उनका अनुसार यो पहलमा अहिलेसम्म दुई हजार १२७ जना बिरामीहरूलाई संयुक्त अरब इमिरेट्समा सारिएको छ ।

सन् २०२३ डिसेम्बर २ मा युएईले बिरामी तथा गम्भीर घाइते प्यालेस्टिनीलाई स्वास्थ्य सेवा प्रदान गर्ने प्रयास सूरु गरेदेखि हालसम्म युएईका अस्पतालमा ५० हजार ४८९  सङ्क्रमितको उपचार भएको जनाइएको छ ।

युएईले प्यालेस्टिनी जनतालाई खाना, चिकित्सा र राहत आपूर्तिसहित ४३ हजार टनभन्दा बढी सहायता प्रदान गरेको जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ४ : ३९ बजे

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने

मूल बीउका लागि कोदोखेती

वालिङ– स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा

टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)

बुटवल- खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै

मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा

बसर अल असदलाई मृत्युदण्डको फैसला

काठमाडौं- सिरियाको अदालतले पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला सुनाएको