क्रस कन्ट्री दौडको तयारी अन्तिम चरणमा « Khabarhub

क्रस कन्ट्री दौडको तयारी अन्तिम चरणमा


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

गण्डकी । तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियेगिताको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा यही कात्तिक २४ गते प्रतियोगिता आयोजना हुनेभएको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा हिमालयन टुरिजम फोरम, पोखराका अध्यक्ष विश्वशङ्कर पालिखेले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । खेलकुदका माध्यमबाट दुुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि प्रतियोगिता महत्वपूर्ण बन्ने उनले विश्वास व्यक्त गरे ।

प्रतियागितामा सहभागिताका लागि चीनको कुनमिङबाट एक सय ३४ जना सहभागी र समर्थक चार्टर्ड उडानमार्फत आज पोखरा विमानस्थलमा अवतरण भएका छन् । प्रतियोगितामा चार वटा विधाका दौडमा एक हजार दुई सय जना खेलाडीले सहभागिता जनाउने हिमालय टुरिजम फोरमका मिडिया संयोजक ई प्रतीकराज पहारीले जानकारी दिए ।

उनका अनुुसार प्रतियोगिताको टिम समूहमा ५० किमी, च्यालेञ्ज व्यक्तिगत समूहमा ५० किमी, विद्यार्थी दौडमा पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड हुने भएको छ । टिम समूहका विजेताले चार लाख ५८ हजार, उपविजेताले तीन लाख ४३ हजार तथा तेस्रो हुनेले दुुई लाख २९ हजार दुई सय पुरस्कार पाउनेछन् । त्यस्तै चौथो र पाँचौँ स्थान प्राप्त गर्नेले क्रमशः एक लाख ५२ हजार आठ सय र रु ९५ हजार पाँच सय पुरस्कार प्राप्त गर्ने गरिने पहारीले जानकारी दिए ।

च्यालेन्ज व्यक्तिगततर्फ विजेता महिला र पुरुषले समान रु एक लाख ५२ हजार आठ सय पाउनेछन् भने उपविजेताले रु एक लाख १४ हजार पाउने छन् । त्यस्तै तेस्रो स्थान प्राप्त गर्नेले रु ७६ हजार चार सय पाउनेछन् । प्रतियोगितामा चौथोदेखि सातौँ स्थान प्राप्त गर्ने महिला तथा पुरुषलाई रु ३८ हजार दुई सय प्रदान गरिनेछ भने आठौँदेखि दशौँ स्थान प्राप्त गर्ने खेलाडीलाई रु १९ हजार एक सय नगद प्रदान गरिनेछ ।

विद्यार्थीतर्फको प्रतिस्पर्धामा विजेताले ३० हजार जित्ने छन् भने उपविजेताले रु २५ हजार र तेस्रो स्थान प्राप्त गर्नेले रु २० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा चौथोदेखि छैठौँ स्थान प्राप्त गर्नेका लागि रु १०र१० हजार प्रदान गरिनेछ ।ह्याप्पी रन समूहमा दौड पूरा गर्ने सबै खेलाडीलाई प्रमाणपत्र प्रदान गरिने छ । यी सबै विधाका प्रतियागिताको पुरस्कारका लागि रु १९ लाख ३८ हजार एक सय पुरस्कार रहेको पहारीले जानकारी दिए ।

कूल ५० किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर राष्ट्र बैंक चोक, ड्याम साइड, छोरेपाटन, फुस्रेखोला, रामदी, मट्टीखान, देउराली, फेदीखोला, दमगडे स्कूल, साल्मेडाँडा, रामकोट, कुुविण्डे, उल्लेरी, थाप्ले, टाइगर हिल, काब्रे, पुम्दीभुम्दी, तालपारी, द बीच रेष्टुरेण्ट हुँदै पुनःबाराहीघाट आएर पूरा हुनेछ । टिम समूह दौडका लागि १७ वटा नेपाली र चार वटा चिनियाँ समूह गरी २१ वटा समूह दर्ता भएको र यसमा ६३ जना खेलाडी दर्ता भएको पहारीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले पोखरासहित नेपाललाई पर्यटकीय रुपमा चिनाउन यो प्रतियोगिता महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

नेपालका लागि चिनियाँ राजदूतावासका डिसिएम वाङ सिनले नेपाल र चीनबीचको युगौँदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउन यो कार्यक्रमले थप योगदान गर्ने बताए । दुुई देशका नागरिकबीचको सम्बन्धलाई यसले सुमधुर बनाउने उनको भनाइ छ ।

पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतिलाल तिमल्सिनाले पोखरासहित समग्र राष्ट्रको पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता महत्वपूर्ण बन्ने बताउँदै दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई अझै मजबुद बनाउने धारणा राखे ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ८ : २८ बजे

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस

एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना