चीन ऊर्जा उत्पादनका लागि कोइलामा निर्भर | Khabarhub Khabarhub

चीन ऊर्जा उत्पादनका लागि कोइलामा निर्भर


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीन ऊर्जा उत्पादनका लागि कोइलामा निर्भर रहँदै आएको छ । पछिल्लो समय चीनले कोइलाबाट सञ्चालन हुने ऊर्जा केन्द्रको विस्तार गर्न थालेको छ । यसबाट कार्बन उत्सर्जनको अवस्था अझ भयावह बन्दै जाने अनुमान गरिएको छ ।

चीनले विद्युत उत्पादनका लागि कोइलाको खपत घटाउने बाचा गरेपनि व्यवहारमा त्यसो देखिएको छ । पछिल्लो तथ्यांकअनुसार यस वर्षको सेप्टेम्बर महिनामा चीनले ४ करोड ७५ लाख टन कोइला आयात गरेको छ ।

यति मात्रै होइन, आफ्नो देशबाहिर पनि चिनियाँ कम्पनीले कोइलाबाट सञ्चालन हुने ऊर्जा केन्द्रको निर्माण गरिरहेका छन् । चीनले विभिन्न २८ मुलुकमा १ सय ३ वटा यस्ता ऊर्जा केन्द्र स्थापना गर्ने लक्ष्य अघि सारेको छ । यसले वायुमण्डलमा ४३ करोड टन बराबरको कार्बन उत्सर्जन भएको आँकलन गरिएको छ ।

सन् २०२३ मा विश्वमा हालसम्म कै सबैभन्दा उच्च कोइला खपत भएको थियो । उक्त अवधिमा विश्वव्यापी कोइला खपतको कुल ६० प्रतिशत चीनले खपत गरेको थियो ।

सन् २०२३ मा चीनले ३.७ गिगावाट ऊर्जा उत्पादन क्षमता भएका कोइलाबाट सञ्चालन हुने ऊर्जा केन्द्र बन्द गराएको थियो । तर, सोही अवधिमा कोइलाबाट सञ्चालन हुने ४७.४ गिगावाट उत्पादन क्षमताका ऊर्जा केन्द्र स्थापना गरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ९ : २४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’