निसानद्वारा नौ हजार रोजगारी कटौतीको घोषणा, बिक्रीको अनुमान घट्यो « Khabarhub

निसानद्वारा नौ हजार रोजगारी कटौतीको घोषणा, बिक्रीको अनुमान घट्यो


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

जापान – जापानी कार उत्पादक कम्पनी निसानले बिहीबार नौ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो वार्षिक बिक्री पूर्वानुमान घटाएको छ र‘गम्भीर अवस्था’ सामना गर्न तत्काल उपायहरू गरिरहेको बताएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिदाले उत्तर अमेरिकी बजारमा कमजोर बिक्री प्रमुख कारक भएको पत्रकारहरूलाई बताएपछि कम्पनीले पहिलो अर्धवार्षिकमा शुद्ध नाफामा ९३ प्रतिशतले गिरावट आएको जनाएको छ।

बेइजिङद्वारा समर्थित तीव्र गतिमा बढिरहेका विद्युतीय वाहन कम्पनीहरूका कारण निसान र यसका घरेलु प्रतिद्वन्द्वीहरूले पनि चीनमा आफ्नो आधार खडा गर्न सङ्घर्ष गरिरहेका छन् ।

“गम्भीर अवस्थाको सामना गर्दै निसानले आफ्नो प्रदर्शनलाई परिवर्तन गर्न र बजारमा परिवर्तनहरू द्रुत रूपमा अनुकूलन गर्न सक्षम अधिक लचिलो व्यवसाय सिर्जना गर्न तत्काल उपायहरू लिइरहेको छ”, कम्पनीको एक विज्ञप्तिमा भनिएको छ, “निसानले विश्वव्यापी उत्पादन क्षमतामा २० प्रतिशतले कटौती गर्नेछ र विश्वव्यापी कार्यबल नौ हजारले घटाउनेछ ।”

उचिदाले ‘नोभेम्बर २०२४ देखि आफ्नो मासिक पारिश्रमिकको ५० प्रतिशत स्वेच्छाले त्याग्ने र अन्य कार्यकारी समितिका सदस्यहरूले पनि त्यसअनुरूप तलब कटौती गर्ने’ बताएका छन् । कम्पनीले यसअघि एक सय ४० खर्ब येन अनुमान गरिएको तुलनामा अब एक सय २७खर्ब येन (८० अर्ब डलर) को शुद्ध बिक्री अपेक्षा गरेको छ ।

तर निसानले बिहीबार शुद्ध नाफाको पूर्वानुमान जारी गरेन। जुलाईमा १० अर्ब येनसम्म पु¥याएको थियो । वर्षको पहिलो छ महिनामा शुद्ध नाफा १९ अर्ब २० करोड अर्ब येन मात्र थियो।“नियोजित पुनर्लाभ प्रयासहरूका लागि आवश्यक लागतहरूको निरन्तर मूल्याङ्कनका कारण शुद्ध आय निर्धारण गर्नुपर्नेछ”, उचिदाले भने ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  १० : ३० बजे

देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय

काठमाडौं- गगन थापाको नेतृत्वमा बिहीबार सर्वसम्मत चयन भएको नेपाली कांग्रेस

देउवा नेतृत्वको कांग्रेससंग सहकार्य गर्छौँ : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेले यही माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित

शेरबहादुर देउवा अब हाम्रो संरक्षक भएर रहनुहुन्छ : पुष्पा भुसाल

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार नयाँ नेतृत्व चयन

एकताको प्रयास असफल भयो, विभाजनको समीक्षा इतिहासले गर्नेछ : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई

अब सेन्सरका नाममा फिल्ममा चल्ने छैन कैँची, बोर्डले ल्यायो वर्गीकरणको व्यवस्था

काठमाडौं – केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र सेन्सरका