निसानद्वारा नौ हजार रोजगारी कटौतीको घोषणा, बिक्रीको अनुमान घट्यो « Khabarhub

निसानद्वारा नौ हजार रोजगारी कटौतीको घोषणा, बिक्रीको अनुमान घट्यो


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

जापान – जापानी कार उत्पादक कम्पनी निसानले बिहीबार नौ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो वार्षिक बिक्री पूर्वानुमान घटाएको छ र‘गम्भीर अवस्था’ सामना गर्न तत्काल उपायहरू गरिरहेको बताएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिदाले उत्तर अमेरिकी बजारमा कमजोर बिक्री प्रमुख कारक भएको पत्रकारहरूलाई बताएपछि कम्पनीले पहिलो अर्धवार्षिकमा शुद्ध नाफामा ९३ प्रतिशतले गिरावट आएको जनाएको छ।

बेइजिङद्वारा समर्थित तीव्र गतिमा बढिरहेका विद्युतीय वाहन कम्पनीहरूका कारण निसान र यसका घरेलु प्रतिद्वन्द्वीहरूले पनि चीनमा आफ्नो आधार खडा गर्न सङ्घर्ष गरिरहेका छन् ।

“गम्भीर अवस्थाको सामना गर्दै निसानले आफ्नो प्रदर्शनलाई परिवर्तन गर्न र बजारमा परिवर्तनहरू द्रुत रूपमा अनुकूलन गर्न सक्षम अधिक लचिलो व्यवसाय सिर्जना गर्न तत्काल उपायहरू लिइरहेको छ”, कम्पनीको एक विज्ञप्तिमा भनिएको छ, “निसानले विश्वव्यापी उत्पादन क्षमतामा २० प्रतिशतले कटौती गर्नेछ र विश्वव्यापी कार्यबल नौ हजारले घटाउनेछ ।”

उचिदाले ‘नोभेम्बर २०२४ देखि आफ्नो मासिक पारिश्रमिकको ५० प्रतिशत स्वेच्छाले त्याग्ने र अन्य कार्यकारी समितिका सदस्यहरूले पनि त्यसअनुरूप तलब कटौती गर्ने’ बताएका छन् । कम्पनीले यसअघि एक सय ४० खर्ब येन अनुमान गरिएको तुलनामा अब एक सय २७खर्ब येन (८० अर्ब डलर) को शुद्ध बिक्री अपेक्षा गरेको छ ।

तर निसानले बिहीबार शुद्ध नाफाको पूर्वानुमान जारी गरेन। जुलाईमा १० अर्ब येनसम्म पु¥याएको थियो । वर्षको पहिलो छ महिनामा शुद्ध नाफा १९ अर्ब २० करोड अर्ब येन मात्र थियो।“नियोजित पुनर्लाभ प्रयासहरूका लागि आवश्यक लागतहरूको निरन्तर मूल्याङ्कनका कारण शुद्ध आय निर्धारण गर्नुपर्नेछ”, उचिदाले भने ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  १० : ३० बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको