विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती « Khabarhub

विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको पालुङटार नगरपालिका–९, सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती सुरुवात गरेको छ । विद्यालयले कृषि ज्ञानकेन्द्र गोरखाको सहयोगमा स्ट्रबेरी खेती गर्न थालेको प्रधानाध्यापक गणेशराज सेडाईले जानकारी दिए ।

‘यस वर्ष परीक्षणका रुपमा अहिले एक रोपनी क्षेत्रफल जमिनमा स्ट्रबेरी खेती सुरु गरिएको छ’, उनले भने, ‘उक्त जमिनमा करिब ६ सय बिरुवा लगाइएको छ, यसबाट राम्रो उत्पादन भए थप जमिनमा स्ट्रबेरी खेती गर्ने योजना विद्यालयको छ ।’ विद्यालयमा कक्षा ९ देखि १२ सम्मका कृषि धारका विद्यार्थी स्ट्रबेरीखेती गर्ने काममा जोडिएको उनको भनाइ छ ।

‘उत्पादनपछि बिक्री भएको आम्दानीको ६० प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने विद्यालयले निर्णय गरेको छ’, प्रधानाध्यापक सेडाईले भने, ‘परीक्षण सफल भए आगामी वर्ष १० रोपनी क्षेत्रफल जमिनमा स्ट्रबेरीखेती गर्ने योजना विद्यालयको छ ।’

स्थानीयस्तरमा अहिलेसम्म अन्यत्र स्ट्रबेरी खेती पनि नभएको र बजार मूल्य पनि राम्रो भएकाले विद्यालयले स्ट्रबेरीखेतीलाई प्राथमिकता दिएको उनको भनाइ छ ।

विद्यालयले कृषि धारमा अध्ययनरत विद्यार्थीलाई उत्पादनमा जोड्न करिब १० रोपनी खेत र आठ रोपनी पाखाबारी भाडामा लिएर धान, मकैलगायत बेमौसमी तरकारीखेती समेत गर्दै आएको छ । विद्यालयले गर्दै आएको कृषिखेतीबाट विद्यार्थीलाई किताबकापी खर्च, खानाखाजा तथा पोसाक किन्न सहज हुँदै आएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ७ : ४२ बजे

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका

दमास्कसबाहिर इजरायली ड्रोन आक्रमणको कुवेतद्वारा निन्दा

कुवेत सिटी- कुवेतले सिरियाको राजधानी दमास्कसको दक्षिणपश्चिमस्थित एक गाउँमा सर्वसाधारण