एनपीएल : लुम्बिनीविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम « Khabarhub

एनपीएल : लुम्बिनीविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शनिबार बिहान हुने खेलमा सुदूरपश्चिम रोयल्सले सुरुमा ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर सुरुमा फिल्डिङ गर्ने निर्णय गर्दै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ब्याटिङको निम्तो दिएका हुन् । एनपीएलमा पहिलो पटक लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले आम्नेसाम्ने भएका हुन्।

जारी एनपिएलमा दुुवै टोलीको यो तेस्रो खेल हो। दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ। लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको छ।

सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ। सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको हो ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ८ : ५३ बजे

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ