पाथीभराको घण्टी बिक्री प्रक्रिया स्थगित « Khabarhub

पाथीभराको घण्टी बिक्री प्रक्रिया स्थगित


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरेको छ । घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि समितिले घण्टी बिक्री प्रक्रिया स्थगन गरेको हो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले शुक्रबार जारी विज्ञप्तिमा भक्तजन, बुद्धिजीवी, सरोकारवाला र समुदायबाट प्राप्त सुझावका आधारमा घण्टी लिलामी रोक्ने निर्णय गरिएको जानकारी दिए ।

समितिले लिलामी प्रक्रिया स्थगित भए पनि यसबारे थप निर्णय आगामी बैठकमा गरिने विज्ञाप्तिमा जनाएको छ । समितिले केही दिन अघि पुराना घण्टी लिलामी बिक्रीका लागि सर्वजनिक सूचना प्रकाशित गरेको थियो ।

विभन्न भक्तजनहरुले पाथीभरामा चढाएका १६ हजार तीन सय ७८ किलो एक सय ग्राम पुराना बिक्रीका लागि घण्टी प्रतिकिलो न्यूनतम तीन सय ८० तोकिएर बिक्री प्रक्रिया अगाडि बढाएको थियो ।

सामाजिक सञ्जालहरुमा घण्टी बिक्रीको विषयमा विभिन्न आलोचनाहरु आएपछि समितिले पुराना घण्टी लिलामी बिक्री प्रक्रिया स्थगन गरको हो ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  १० : १४ बजे

निफ ‘मेन इभेन्ट’मा प्रवेश, आउन थाले विदेशी अतिथि

काठमाडौं – आगामी चैत १९ देखि २३ सम्म हुन लागेको

फिल्म ‘पहाड’ को गीत ‘ॐ नम शिवाय’ सार्वजनिक

काठमाडौं – वरिष्ठ निर्देशक तुलसी घिमिरेको फिल्म ‘पहाड’को शीर्ष गीत

औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु

टीकापुर– कैलालीमा औलो र कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका

काठमाडौंमा १९ गतेदेखि तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुने

काठमाडौं– नेपाल नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा चैत्र १९ गतेदेखि

न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा