‘बेत्रावती सन्धि’स्थलको संरक्षण सुरु | Khabarhub Khabarhub

‘बेत्रावती सन्धि’स्थलको संरक्षण सुरु


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नेपाल–तिब्बत (भोट) युद्धको क्रममा नेपाली पक्ष विजयी भएपश्चात् दुई देशबीच ‘बेत्रावती सन्धि’ भएको स्थानको ऐतिहासिक ढुङ्गाको संरक्षणको लागि विदुर नगरपालिकाले आवश्यक काम अगाडि बढाएको छ ।

पुरातात्विक संरचनाको संरक्षण गर्ने क्रममा विदुर–१० स्थित बेत्रावती सन्धि भएको दुई ढुङ्गाको संरक्षण, व्यवस्थापन, पुरातात्विक स्वरुपमा निर्माण, युद्धको नेतृत्व गर्ने वीर गोर्खालीको शालिक स्थापना एवं युद्ध सङ्ग्रामका सामग्रीसहितको स्मारक स्थापनाको लक्ष्यसहित उक्त ऐतिहासिक स्थानको संरक्षण गर्न लागिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षमा १८ लाख बजेट विनियोजित गरिएकाले नगरबाट कार्य प्रारम्भ गर्न लागिएको छ ।

‘विनियोजित बजेटको काम सुरु गर्न प्राविधिक टोली र नेपाली सेनाबाट स्थलगत अवलोकन एवं निरीक्षण भइसकेको छ’, नगरप्रमुख श्रेष्ठले भने, ‘एतिहासिक दुई ढुङ्गा रहेको ठाउँ र यस आसपासका सरकारी जग्गाको लगत लिने र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को निर्माण नगरपालिकामार्फत भइरहेको छ । नेपाली सेनाबाट युद्ध सङ्ग्राम संरचना स्थापनाको अध्ययन भइरहेको छ ।’

विदुरले आन्तरिक स्रोतबाट तयार गरिने डिपिआरले निर्देश गरेअनुसार विनियोजित बजेटबाट नेपाली सेनाको सहकार्यमा कार्य प्रारम्भ गरिने योजना बनाइएको छ ।

विसं १९४९ मा भएको सन्धिपश्चात् उक्त स्थान अलपत्र र जीर्ण छ । संरक्षणको लागि विदुर नगरपालिका र नेपाली सेनाबाट प्रारम्भ भएको कार्यलाई माथिल्ला निकाय (पुरातत्व विभाग, बागमती प्रदेश र सङ्घीय सरकार)बाट आर्थिक र प्राविधिक सहयोगप्राप्त हुने प्रतिबद्धता पाएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

विसं १९४९ मा भएको नेपाल–भोट युद्धमा नेपाली पक्ष विजयी भएसँगै बेत्रावतीमा सन्धि भएको थियो । उक्त स्थानमा नेपाली पक्ष बसेका र तिब्बती पक्ष बसेका दुई विशाल ढुङ्गा रहेका छन् । उक्त ढुङ्गाको संरक्षण गर्दै सोही स्थानबाट नेपाली पक्षले युद्ध लडेको दूधेगढी, जितगढी हुँदै सूर्यगढीसम्मलाई कूटनीतिक पदमार्ग बनाउने लक्ष्य लिएर काम अघि बढाउन थालिएको हो ।

दूधेगढीको संरक्षणको लागि विदुर नगरपालिकाले एक करोड आठ लाखमार्फत र सूर्यगढीको संरक्षणको लागि सूर्यगढी गाउँपालिकामार्फत पुरातत्व विभागको समन्वय र नेपाली सेनाको सहकार्यमा काम भइरहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  १० : ३३ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना