नेकपाको बन्दसूचीमा मित्र परियारदेखि पञ्चा सिंहसम्म « Khabarhub

नेकपाको बन्दसूचीमा मित्र परियारदेखि पञ्चा सिंहसम्म


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले यसअघिसम्म मन्त्री वा संघीय–प्रदेश सांसद नबनेका व्यक्तिलाई समानुपातिकतर्फ प्राथमिकतामा राख्दै उम्मेदवार छनोट गरेको छ।

पार्टीका नेता वर्षमान पुनका अनुसार समानुपातिक सूची तयार गर्दा समाजका विविध क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयास गरिएको हो। अनुभवी विज्ञदेखि युवा पुस्ता, सहिद परिवारका सदस्य, अल्पसंख्यक समुदाय तथा विभिन्न पेशागत पृष्ठभूमिका व्यक्तिहरूलाई समेटिएको उनले बताए।

पार्टीले पटक–पटक अवसर पाइसकेका अनुहारभन्दा पनि नयाँ र योगदान गर्न सक्ने व्यक्तिलाई अघि बढाउने नीति लिएको पुनले जानकारी दिए । त्यसअनुसार उद्यम–व्यवसाय, कूटनीति, मानवअधिकार, शैक्षिक तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरू समानुपातिक सूचीमा समावेश भएका छन्। पार्टी एकतामा सहभागी भएका १७ वटा घटक दलको भावना झल्कने गरी सूची तयार गरिएको जनाइएको छ।

समानुपातिक उम्मेदवारका रूपमा अधिकारकर्मी मित्र परियार, पूर्वराजदूत प्रमेश हमाल, विज्ञ परशुराम तामाङ, जोगकुमार बर्बरियाको नाम बन्दसूचीमा छ ।

यस्तै बीबी खनाल, पूर्व विद्यार्थी संगठनका अध्यक्ष पञ्चा सिंह, चेपाङ समुदायबाट मंगलसिंह प्रजा, पूर्व लडाकु कमान्डर कमला नहर्की, नेकपाबाट आएका नेता चिरन पुन, पार्वती विक, महेन्द्रबहादुर कार्की लगायतकाे नाम बन्दसूचीमा समेटिएको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ९ : २० बजे

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र