एनपीएल : सुदूरपश्चिमद्वारा लुम्बिनीलाई १८८ रनको लक्ष्य | Khabarhub Khabarhub

एनपीएल : सुदूरपश्चिमद्वारा लुम्बिनीलाई १८८ रनको लक्ष्य


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ओपनर सेफ अलि जेबले सर्वाधिक ९० रनको योगदान दिए । यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले नट आउट ३९, ब्रेन्डन मक्मेलनले २३ तथा विनोद भन्डारीले १७ रन जोडे ।

लुम्बिनीका लागि रेमन सिमोण्डले दुई तथा रोहित पौडेल र विवेक यादवले एक–एक विकेट लिए ।

एनपीएलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स पहिलो पटक आम्नेसाम्ने भएका हुन्।

जारी एनपीएलमा दुवै टोलीको यो तेस्रो खेल हो। दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ। लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

यस्तै, सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ। सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्स र दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई हराएको थियो।

आज दोस्रो खेलमा दिउँसो १ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  १० : ४२ बजे

कोइलाबास भन्सारमा राजस्व संकलन घट्यो

दाङ– दाङको कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको छ ।

रास्वपा संसदीय दलको बैठक बुधबारका लागि आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)ले संसदीय दलको बैठक आह्वान गरेको

सरस्वती पूजाका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

महोत्तरी– सरस्वती पूजा नजिकिँदै जाँँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरूले धमाधम

बाढीको वितण्डापछि जुर्मुराउँदै बेथानचोकका किसान

काभ्रे– यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले बारी बगरमा

म्याग्दीमा साढे ३३ करोडको सुन्तला बिक्री

म्याग्दी– म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बृद्धि हुँदा किसानले राम्रो