पाँच जना जुवाडे पक्राउ, छुटाउन प्रहरीलाई कांग्रेसको दबाब  « Khabarhub

पाँच जना जुवाडे पक्राउ, छुटाउन प्रहरीलाई कांग्रेसको दबाब 


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

दाङ– नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिसहित पाँच जना जुवाडे पक्राउ परेका छन् ।  जिल्ल प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले दंगीशरण २ का कांग्रेसका क्षेत्रीय प्रतिनिधि ५१ वर्षीय दीपक देवकोटा सहित पाँच जना जुवाडे पक्राउ परेको प्रहरीले जनाएको छ ।

देवकोटा २०७९ मा काँग्रेस बाट निर्वाचित वडाध्यक्ष समेत हुन् । त्यसैगरी सोही ठाउँका ३१ वर्षीय तुलसीराम आचार्य,तुलसीपुर ६ का  ३६ वर्षीय सुवास चौधरी,तुलसीपुर ११ का ६० वर्षीय केशरबहादुर केसी र छत्रेश्वरी ७ सल्यानका ३४ वर्षीय दुर्गा विष्ट पक्राउ परेका छन् । उनीहरूका साथबाट ९२ हजार १ सय ६५ रुपैयाँ र तीन गड्डी तास र ३२ थान कोरा बरामद गरिएको छ ।

ऊनीलाई जिप्रकाले   इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेको छ । (इप्रका) तुलसीपुरका प्रवक्ता इन्स्पेक्टर प्रकाश थापाका अनुसार जुवा सञ्चालन गर्ने तुलसीपुर ६ का गोविन्द आचार्य भने फरार छन् । इप्रका तुलसीपुरको सेटिङमा जुवा सञ्चालन भएको सूचना पाएपछि जिप्रकाबाट प्रहरी आएर जुवाडे पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो ।

जुवाडेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न दाङ जिल्ला अदालतले अनुमति दिएको छ । बिहीबार अपराह्न पक्राउ परेका परेका जुवाडेलाई आइतबार नै सिडिओ कार्यालयमा पेस गर्न कांग्रेसका नेताहरूले प्रहरीलाई दबाब दिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ४ : १९ बजे

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको