सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत « Khabarhub

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित बजेटको आठ दशमलव चार प्रतिशत मात्र खर्च भएको छ । 

 आर्थिक मामिला मन्त्रालयको प्रतिवेदनअनुसार चालु खर्चतर्फ विनियोजित १३ अर्ब ६३ करोड ५५ लाख ४२ हजार बजेटमध्ये मङ्सिरसम्म १६ दशमलव ५१ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ विनियोजित १९ अर्ब ८३ करोड पाँच लाख छ हजारमध्ये दुई दशमलव ८९ प्रतिशत मात्र खर्च भएको छ ।  

 यो अवधिमा सवारीसाधन करतर्फ रु २६ करोड ११ लाख ८९ हजार राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा २५ करोड ९७ लाख नौ हजार संकलन भएको थियो । घरजग्गा रजिष्ट्रेशन दस्तुर भने घटेको छ । 

यो शीर्षकमा गत वर्ष मङ्सिरसम्म रु १५ करोड १७ लाख ७० हजार संकलन भएकामा चालु आवको सोही अवधिमा रु आठ करोड २० लाख सात हजार संकलन भएको हो । मनोरञ्जन कर, विज्ञापन कर र प्राकृतिक स्रोतबाट प्राप्त आयमा समेत उतारचढाव देखिएको छ ।   

 अन्य सेवा शुल्क तथा बिक्री शीर्षकमा भने गत वर्ष मङ्सिरसम्मको रु चार करोड १२ लाख ५१ हजारबाट वृद्धि भई यो वर्षको सोही अवधिमा रु आठ करोड २३ लाख ५६ हजार पुगेको छ । प्रदेश सरकारले चालु आवमा राजस्व संकलनको लक्ष्य एक अर्ब ६५ करोड राखेको छ । गत आव २०८१-८२ मा राजस्व संकलनको लक्ष्य रु एक अर्ब ६० करोड सात लाख १५ हजार राखेको थियो । 

आव २०८१-८२ मङ्सिरसम्म रु ४८ करोड ७६ लाख २३ हजार संकलन भएकामा चालु आवको सोही अवधिमा ४५ करोड २४ लाख ८४ हजार संकलन भएको हो ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ७ : ५० बजे

पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै

कास्की– पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका

अय्यरको शतकमा पञ्जाबको सानदार जित

काठमाडौँ – श्रेयस अय्यरको सानदार अविजित शतकको मद्दतले पञ्जाब किङ्सले

वीरगञ्जबाट १० महिनामा करिब ८ खर्बको सामान भित्रियो

वीरगन्ज– वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्ष (आव)को १०

एसईईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा

काभ्रेको पाँचखालमा साप्ताहिक कृषि हाटबजार सञ्चालन

काभ्रेपलाञ्चोक– काभ्रेको पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ