पाँच जना जुवाडे पक्राउ, छुटाउन प्रहरीलाई कांग्रेसको दबाब  « Khabarhub

पाँच जना जुवाडे पक्राउ, छुटाउन प्रहरीलाई कांग्रेसको दबाब 


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

दाङ– नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिसहित पाँच जना जुवाडे पक्राउ परेका छन् ।  जिल्ल प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले दंगीशरण २ का कांग्रेसका क्षेत्रीय प्रतिनिधि ५१ वर्षीय दीपक देवकोटा सहित पाँच जना जुवाडे पक्राउ परेको प्रहरीले जनाएको छ ।

देवकोटा २०७९ मा काँग्रेस बाट निर्वाचित वडाध्यक्ष समेत हुन् । त्यसैगरी सोही ठाउँका ३१ वर्षीय तुलसीराम आचार्य,तुलसीपुर ६ का  ३६ वर्षीय सुवास चौधरी,तुलसीपुर ११ का ६० वर्षीय केशरबहादुर केसी र छत्रेश्वरी ७ सल्यानका ३४ वर्षीय दुर्गा विष्ट पक्राउ परेका छन् । उनीहरूका साथबाट ९२ हजार १ सय ६५ रुपैयाँ र तीन गड्डी तास र ३२ थान कोरा बरामद गरिएको छ ।

ऊनीलाई जिप्रकाले   इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेको छ । (इप्रका) तुलसीपुरका प्रवक्ता इन्स्पेक्टर प्रकाश थापाका अनुसार जुवा सञ्चालन गर्ने तुलसीपुर ६ का गोविन्द आचार्य भने फरार छन् । इप्रका तुलसीपुरको सेटिङमा जुवा सञ्चालन भएको सूचना पाएपछि जिप्रकाबाट प्रहरी आएर जुवाडे पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो ।

जुवाडेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न दाङ जिल्ला अदालतले अनुमति दिएको छ । बिहीबार अपराह्न पक्राउ परेका परेका जुवाडेलाई आइतबार नै सिडिओ कार्यालयमा पेस गर्न कांग्रेसका नेताहरूले प्रहरीलाई दबाब दिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ४ : १९ बजे

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म