न्यायालयलाई गरिमामय बनाउन सबै जिम्मेवार हुनुपर्छ : प्रधानन्यायाधीश « Khabarhub

न्यायालयलाई गरिमामय बनाउन सबै जिम्मेवार हुनुपर्छ : प्रधानन्यायाधीश


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयलाई गरिमामय बनाउन सबैले जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतले शनिबार काठमाडौंमा आयोजना गरेको वरिष्ठ अधिवक्ताको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले गरिमामय वा स्वच्छ न्यायालयले त्याग, समर्पण, गहिरो अध्ययन लगायतको माग गर्ने भएकाले त्यसका लागि सबै तयार हुनुपर्ने समेत बताए ।

न्यायालयलाई गरिमामय र स्वच्छ बनाउनका लागि आफू तयार रहेको भन्दै उनले त्यसैका लागि सुधारका धेरै प्रयास थालिएको जानकारी दिए । प्रधानन्यायाधीश राउतले टिक्दै नटिक्ने मुद्दाहरूमा वरिष्ठ अधिवक्ताको उपस्थिति देखिए छवि र स्तर प्रस्ट देखिने भएकाले सजक हुन सुझाव दिए।

 अदालतमा पुग्नै नहुने मुद्दा पुग्दा वरिष्ठ अधिवक्ताको छविका साथै अदालतको समय पनि बर्बाद हुने उनको भनाइ छ ।

न्यायालयलाई स्वच्छ बनाउने काममा हातेमालो गर्न उनले वरिष्ठ अधिवक्ताको उपाधि पाएकाहरूलाई आग्रह गरे। वरिष्ठ अधिवक्तो जिम्मेवारी सवैका लागि अनुकरणीय हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ६ : ०१ बजे

अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

राजनीतिक दाउमा कलाकार : प्रत्यक्षदेखि समानुपातिकसम्म चुनौती

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यसपटक

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता

नेपालगन्ज– तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौं– यहाँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

१४ वर्षपछि ढाका–कराचीबीच सीधा हवाई सेवा सुरु

काठमाडौं– १४ वर्षपछि बंगलादेश र पाकिस्तानबीच सीधा हवाई सेवा पुनः