लुम्बिनीका २० सहकारीमा समस्या, तीन संस्थाका सञ्चालक ताला ठोकेर फरार ! | Khabarhub Khabarhub

लुम्बिनीका २० सहकारीमा समस्या, तीन संस्थाका सञ्चालक ताला ठोकेर फरार !


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लुम्बिनी प्रदेश सरकारको नियमन क्षेत्रभित्र पर्ने दर्जनभन्दा बढी संख्याका सहकारीमा समस्या देखिएको छ । लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका अनुसार प्रदेश सरकारको नियमन क्षेत्रभित्र पर्ने २० वटा सहकारी संस्थाहरूमा समस्या देखिएको हो ।

समस्या देखिएकामा अधिकांश सहकारीहरू रूपन्देहीका हुन्‌ । प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका अनुसार हालसम्म समस्याग्रस्तमध्ये १३ वटा सहकारी रूपन्देहीका र अन्य सात वटा सहकारी प्रदेशका अन्य जिल्लाका हुन्‌ ।

प्रदेशको नियमन क्षेत्रभित्र पर्ने ६ वटा सहकारीहरूमा आर्थिक अपचलन भएको र आठ वटामा बचत फिर्ता नभएको विषयलाई लिएर उजुरी परेको छ । त्यस्तै, तीनवटा सहकारीका सञ्चालकहरू बचत फिर्ता नगरी कार्यालय बन्द गरेर फरार छन्‌ ।

प्राप्त सूचनाअनुसार; रूपन्देहीका सप्तदीप बहुउद्देश्यीय सहकारी, उपकार बहुउद्देश्यीय सहकारी र उपदेश बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरू सदस्यहरूबाट निक्षेप संकलन गरी कार्यालय नै बन्द गरी फरार भएको उजुरी रजिष्ट्रार कार्यालयमा परेको छ । रजिष्ट्रार कार्यालयले ती सहकारीका सञ्चालक सम्पर्कविहीन भएपछि प्रहरीसँग समन्वय गरी खोज्ने काम भइरहेको जनाएको छ ।

त्यस्तै, प्रदेशको नियमन क्षेत्राधिकारभित्र रहेका रूपन्देहीका सुनौलो बचत तथा ऋण, आगन्तुक बचत तथा ऋण, मार्गदर्शन बहुउद्देश्यीय, सुप्रिम बचत तथा ऋण, साइन बहुउद्देश्यीय, सार्थक बहुउद्देश्यीय, मञ्जुश्री बहुउद्देश्यीय, त्रैयम्बकम जडिबुटी र विश्व विराट बहुउद्देश्यीय सहकारीहरूले बचत अपचलन गरेको तथा बचत फिर्ता नगरेको उजुरी रजिष्ट्रार कार्यालयमा परेका छन् ।

जसमध्ये सुनौलो बहुउद्देश्यीय सहकारीसँग समन्वय गर्ने काम भइरहेको, आगन्तुक बचत तथा ऋण सहकारीमाथि अदालतमा मुद्दा प्रकृया अगाडि बढेको र मार्गदर्शन बचत तथा ऋण सहकारीको सञ्चालक फरार भएकोले कानूनी प्रक्रिया अगाडि बढाएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गोर्खा मिडिया नेटवर्कमा समेत रकम आएको भनिएको सुप्रिम बचत तथा ऋण सहकारीको विषयमा अदालतमा मुद्दा प्रक्रिया अघि बढेको छ ।

साइन बहुउद्देश्यीय सहकारीका सञ्चालकसँग रकम फिर्ताको कागज गराएकोमा कार्यान्वयन नभएको, सार्थक बहुउद्देश्यीयका सञ्चालक फरार भएकाले प्रहरीमा मुद्दा दायर भएको र मञ्जुश्री बहुउद्देश्यीय सहकारीका अध्यक्षलाई बचत फिर्ताको कबुलियत गराइएको कार्यालयले जनाएको छ ।

रजिष्ट्रार कार्यालयमा रूपन्देहीकै आयाम बचत तथा ऋण सहकारी गैरकानूनी हिसाबले सञ्चालन भएर बचत गरेको उजुरी परेको र सो सहकारीमाथि अनुसन्धान गरेर सम्पूर्ण बचत फिर्ता गराइएको कार्यालयले जनाएको छ ।

त्रैयम्बकमका सञ्चालक फरार रहेको र विश्व विराट बहुउद्देश्यीय सहकारीले रकम फिर्ता गर्ने क्रम अगाडि बढाएको प्राप्त विवरणमा उल्लेख छ ।

प्रदेश सरकारकै नियमन क्षेत्रभित्र पर्ने बर्दिया र बाँकेको नमस्ते बचत तथा ऋण सहकारी, दाङको राजधानी बचत तथा ऋण, नागरिक बचत तथा ऋण र जनसेवा बहुउद्देश्यीय सहकारीमा बचत अपचलन र बचत फिर्ताको समस्या देखिएको उजुरी कार्यालयमा परेका छन् ।

जसमध्ये बर्दिया र बाँकेको नमस्ते बचत तथा ऋण सहकारीको विषयमा प्रहरीमा मुद्दा दायर भएको, दाङको राजधानी बचत तथा ऋण सहकारीको समस्या यथावत रहेको र नागरिक बचत तथा ऋण सहकारीका सञ्चालक नै फरार रहेको रजिष्ट्रार कार्यालयले जनाएको छ ।

त्यस्तै, दाङको जनसेवा सहकारीलाई बचत फिर्ता गर्न निर्देशन दिइएको र गुल्मीको राष्ट्रिय बचत तथा ऋण सहकारीलाई जिल्ला प्रशासनसँगको समन्वयमा कारबाही प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ५ : ११ बजे

बाँदरको बन्ध्याकरण : प्रदेशैपिच्छे प्रजनन केन्द्रको प्रस्ताव

काठमाडौं – बाँदरले देशभरका अधिकांश स्थानमा निम्त्याएको आतङ्कसँगै नियन्त्रणका लागि

आजका समाचार : अध्यादेशको बचाउमा कांग्रेस, उपेन्द्र थाप्दै च्याँखे दाउ, रवि हिरासततिर र गाजाक्षेत्र खाली गर्ने ट्रप्पको प्रस्ताव

चिया निर्यातलाई सहज बनाउने प्रधानमन्त्रीको आश्वासन प्रधानमन्त्री केपी शर्मा ओलीले

पर्यटन सचिवलाई टान गण्डकीको १४ बुँदे ज्ञापनपत्र

पोखरा– ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीले संस्कृति, पर्यटन

हुन्डी कारोबार गरेको आरोपमा पर्सामा एक जना पक्राउ

वीरगन्ज– पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न भएको आशंकामा एक जनालाई

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ता माओवादी प्रवेश 

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ताहरू नेकपा माओवादी