ट्रम्पले चुनाव जितेपछि सुनचाँदीको भाउमै उतारचढाव | Khabarhub Khabarhub

ट्रम्पले चुनाव जितेपछि सुनचाँदीको भाउमै उतारचढाव


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाका ४७औं राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पका कारण विश्वभर सुनचाँदीको भाउमै असर परेको छ । राष्ट्रपति निर्वाचन भएको यो साताभर विश्वमा सुन र चाँदीको भाउमा उतारचढाव देखिएको हो ।

अमेरिकी राष्ट्रपतिको निर्वाचनको परिणामसँगै अमेरिकी डलरको विनिमय दरमा देखिएको उच्च रेकर्ड र फेडरल रिजर्भले ब्याजदर घटाउँदाको प्रभाव सुनको मूल्यमा परेको हो ।

नेपाली बजारमा पनि यो साता सुनको मूल्यमा उतारचढाव आयो । साताको पहिलो दिन आइतबार र दोस्रो दिन सोमबार तिहार पर्वका कारण सुनको दरभाउ प्रकाशन भएको थिएन ।

साताको तेस्रो दिन मंगलबार प्रति १० ग्राम एक लाख ४४ हजार २०५ रुपैयाँ पुग्यो । साताको चौथो दिन बुधबार प्रति १० ग्राम सुनको मूल्य एक लाख ४४ हजार ४६० रुपैयाँ पुग्यो ।

यसपश्चात्‌ साताको पाँचौं दिन बिहीबार मूल्य घटेर प्रति १० ग्राम सुनको मूल्य एक लाख ४१ हजार ३० रुपैयाँ कायम भयो । साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार भने फेरि बढेर प्रति १० ग्राम एक लाख ४२ हजार ७४५ रुपैयाँ पुग्यो ।

यो मूल्य साताको तेस्रो अर्थात्‌ बजार खुलेको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम एक हजार ४६० रुपैयाँले कम हो ।

यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य घटेको छ । साताको तेस्रो दिन मंगलबार प्रति १० ग्राम एक हजार ७४० रुपैयाँ ५० पैसा पुगेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ६ सय ९७ रुपैयाँ ५० पैसा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १ : ५९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग