ट्रम्पले चुनाव जितेपछि सुनचाँदीको भाउमै उतारचढाव « Khabarhub

ट्रम्पले चुनाव जितेपछि सुनचाँदीको भाउमै उतारचढाव


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाका ४७औं राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पका कारण विश्वभर सुनचाँदीको भाउमै असर परेको छ । राष्ट्रपति निर्वाचन भएको यो साताभर विश्वमा सुन र चाँदीको भाउमा उतारचढाव देखिएको हो ।

अमेरिकी राष्ट्रपतिको निर्वाचनको परिणामसँगै अमेरिकी डलरको विनिमय दरमा देखिएको उच्च रेकर्ड र फेडरल रिजर्भले ब्याजदर घटाउँदाको प्रभाव सुनको मूल्यमा परेको हो ।

नेपाली बजारमा पनि यो साता सुनको मूल्यमा उतारचढाव आयो । साताको पहिलो दिन आइतबार र दोस्रो दिन सोमबार तिहार पर्वका कारण सुनको दरभाउ प्रकाशन भएको थिएन ।

साताको तेस्रो दिन मंगलबार प्रति १० ग्राम एक लाख ४४ हजार २०५ रुपैयाँ पुग्यो । साताको चौथो दिन बुधबार प्रति १० ग्राम सुनको मूल्य एक लाख ४४ हजार ४६० रुपैयाँ पुग्यो ।

यसपश्चात्‌ साताको पाँचौं दिन बिहीबार मूल्य घटेर प्रति १० ग्राम सुनको मूल्य एक लाख ४१ हजार ३० रुपैयाँ कायम भयो । साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार भने फेरि बढेर प्रति १० ग्राम एक लाख ४२ हजार ७४५ रुपैयाँ पुग्यो ।

यो मूल्य साताको तेस्रो अर्थात्‌ बजार खुलेको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम एक हजार ४६० रुपैयाँले कम हो ।

यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य घटेको छ । साताको तेस्रो दिन मंगलबार प्रति १० ग्राम एक हजार ७४० रुपैयाँ ५० पैसा पुगेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ६ सय ९७ रुपैयाँ ५० पैसा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १ : ५९ बजे

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर