काभा भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल विजयी | Khabarhub Khabarhub

काभा भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल विजयी


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी भएको छ ।

श्रीलङ्काको कोलम्बोमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । नेपालले माल्दिभ्सलाई पहिलो सेट २५–५, दोस्रो सेट २५–१२ तथा तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्‍यो ।

जितसँगै नेपालले तीन खेलमा ६ अङ्क जोडेको छ । यसअघि पहिलो खेलमा नेपाल श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

त्यस्तै दोस्रो खेलमा उज्वेकिस्तानसँग नेपाल ३–१ सेटमा पराजित भएको थियो । तीनै खेलमा पराजित माल्दिभ्स अङ्कविहिन छ । माल्दिभ्स यसअघि तुर्किमेनिस्तान र श्रीलङ्कासँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो ।

विभिन्न ६ टोली सहभागी उक्त प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ । अब नेपालले यही असोज २४ गते किर्गिस्तानसँग खेल्नेछ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ९ : ४८ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले