एक महिला जासुसको बहादुरीको कथा | Khabarhub Khabarhub

एक महिला जासुसको बहादुरीको कथा


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

युद्धमा जासुस र इन्टलिजेन्सको भूमिका महत्त्वपूर्ण हुन्छ। यसै मध्येकी एक जासुस क्रिस्चीयन ग्रान्भील जसको चर्चा इतिहासमा कमै लेखिन्छ। बहादुरीको कथा धेरैका लागि आश्चर्यको विषय हो। युरोपमा मिसन बनाएकै कारण उनको जीवन सधैँ जोखिममा थियो। १५ जुन १९५२ का दिन ग्रान्भील पश्चिम लन्डनमा पुगेकी थिइन्। सोही समयमा उनको बेल्जियमको विमान उडान रद्द भएकाले होटेलमा बसेकी थिइन्। पहिलो तलामा रहेको समयमा उनलाई कसैले बोलाएर चिठीहरू फिर्ता माग्यो। त्यस लगत्तै उनका पूर्व प्रेमी अगाडि आएर उनको छातीमा कमान्डो चक्कु राखेका थिए। उनलाई मार्ने नियतले सो राखिएको थियो। दोस्रो विश्व युद्धको समयमा धेरै खतरनाक समयबाट बाँचेकी उनी सुरक्षित ठानिएको सोही केनीङ्सटन होटेलमा मारिनबाट जोगिन सकिनन्।

जासुस क्रिस्चीयन ग्रान्भील जसको चर्चा इतिहासमा कमै लेखिन्छ। उनको बहादुरीको कथा धेरैका लागि आश्चर्यको विषय हो। युरोपमा मिसन बनाएकै कारण उनको जीवन सधैँ जोखिममा थियो।

सन् १९०८ मा जन्मिएकी मारिया क्रिस्टीना जारिया साचेक पूर्व प्रहरी गणककी छोरी थिइन। उनकी आमा यहुदी बैंकरको घरमा काम गर्थिन्। बाल्यकालमा ग्रामीण भेगमा उफ्रिएर र रमाइलो गरेर नै बिताएकी उनले ग्रामीण भेगमा पाएको अनुभव नै जीवनको आधार बनेको थियो।

घरबाट पूर्ण स्वतन्त्रता पाएकी उनले बाल्यकालमै पाएको स्वतन्त्रतालाई आराधनाको रूपमा लिएकी थिइन्। सोही समयमा उनले घोडचढीदेखि बन्दुक चलाउने लगायत बाल्यकालका सबै कुराको जानकारी पाएकी थिइन्।

‘द स्पाई लभ्ड’को नाममा उनको आत्मवृत्तान्त लेखेका क्लेर मुलेका अनुसार उनी पछि बेलायती सेनामा एजेन्टको रूपमा कार्यरत भएपछि आफूलाई माथिल्लो स्थानमा उकासेकी हुन्।

सन् १९३९ मा उनको दोस्रो श्रीमान् पोलिस कूटनीतिज्ञसँग दक्षिण अफ्रिका भ्रमणमा गएको समयमा आफ्नो घर नै नाजी जर्मन सेनाबाट कब्जामा लिइएको खबर पाएकी थिइन्। उनका श्रीमान् दोस्रो विश्व युद्धमा सरिक भएको फ्रान्सको सेनामा आबद्ध हुन त्यसतर्फ गएको समयमा उनले केही फरक र नयाँ नीति बनाएकी थिइन्।

यही भावनाको बहावले उनलाई बेलायती सेनाको गुप्तचर निकाय एमआइ १६ को हेडक्वार्टरमा गोप्य रूपमा लगेको थियो। उनको भूमिका आवश्यक ठहरिए पछि उनले लामो समय स्वयं सेवकको काम गर्नुपरेन।

सन् १९०८ मा जन्मिएकी मारिया क्रिस्टीना जारिया साचेक पूर्व प्रहरी गणककी छोरी थिइन। उनकी आमा यहुदी बैंकरको घरमा काम गर्थिन्।

उनले नाजी नियन्त्रणमा रहेको पोल्यान्डको पहाड कारपाथीयनमा गएर त्यहाँको गोप्य सूचना थाहा पाउने योजना बनाइन्। बेलायती जासुसी प्रमुखलाई यस योजना सही लागेर सामान्य जागिर दिइयो। पूर्वी युरोपमा के भइरहेको छ भन्ने थाहा पाउन नसकेको बेलायतका लागि यो आवश्यक पनि ठानिएको थियो। सूर्तीजन्य पदार्थको तस्करी गर्न खप्पिस उनले कहिल्यै धुम्रपान गरिनन्। सबै आवश्यक भाषाको ज्ञान भएकी उनीमा अस्वाभाविक क्षमता थियो।

एमआइको हंगेरी, इजिप्ट र फ्रान्समा जिम्मेवारी पाउँदा उनले महत्त्वपूर्ण सूचनाहरू सङ्कलन गरेकी थिइन्। यस क्रममा उनी सीमा पार गर्नेक्रममा कारको तल्लो भागमा यात्रा गरेकी थिइन् भने कहिले मेसिन गनको सहारामा यात्रा गर्थिन्।

धेरै प्रेमी बनाएकी उनले यी मध्येको कुनै प्रेमीलाई प्रयोग गर्ने गरेकी थिइन्। यस क्रममा उनले एउटा माइक्रोचिप फेला पारेकी थिइन्। त्यसैबाट उनले जर्मन सेना कसरी रुस प्रवेश गर्दै छ भन्ने समेत पत्तो पाएकी थिइन्। यो चिप छोरी सहारा मार्फत विन्सटन चर्चील कहाँ पुगेपछि उनी चर्चीलको गोप्य जासुस बनेकी थिइन्।

सूर्तीजन्य पदार्थको तस्करी गर्न खप्पिस उनले कहिल्यै धुम्रपान गरिनन्। सबै आवश्यक भाषाको ज्ञान भएकी उनीमा अस्वाभाविक क्षमता थियो।

दुई पटक जर्मनबाट समातिएकी उनी दुवै पटक बाँचेर भाग्न सफल भएकी थिइन्। एक पटक त आफ्नो ओठमा घाउ भएको भन्दै कन्भिन्स गर्न सफल भएकी थिइन्। मुलेका अनुसार उनको मस्तिष्क यत्ति तेज चल्ने गरेको थियो कि कुन समयमा के गर्ने भन्ने बारे तत्काल थाहा पाउन सक्थिन्। उनीसँग जनावर समेत प्रभावित थिए। एक पटक उनले कुकुरको साथमा पनि यात्रा गरेकी थिइन्।

सन् १९४४ मा जर्मन ग्यारिसनमा प्रवेश गरेकी उनले पुलिस कमान्डरलाई नै सहमत गराएर आफ्नो अभियानमा साथ लिएकी थिइन्। सोही साथका साथ उनी जर्मन कमान्डरलाई आत्मसमर्पण गराउन सफल भइन्।

सोही दिन उनले विशेष अपरेसन कार्यकारी (एसओइ) गठन गरिन्। उनका प्रेमी डीग्ने दक्षिण पूर्वी फ्रान्समा गिरफ्तार भए। उनका दुई एजेन्ट गेस्टापोबाट मारिए। आफूलाई फिल्ड मार्सल मोन्टे गामेनीको भतिजीको रूपमा प्रस्तुत गर्दै उनले ती सबैलाई छुटाउन सफल भइन्। त्यहाँ कार्यरत अधिकारी अमेरिकी पक्षधर भएको कुरा समेत उनले सो समयमा भनेकी थिइन्।
उनले आफूलाई केही भएमा ती अधिकारी मारिने धम्की दिँदै आफूलाई बचाएकी थिइन्। प्राय जसो जासुसी काममा महिलालाई कम प्राथमिकता दिइने भए पनि ग्रान्भिलले ती सबै कुरा पार गरेको मूले बताउँछन्।

धेरै प्रेमी बनाएकी उनले यी मध्येको कुनै प्रेमीलाई प्रयोग गर्ने गरेकी थिइन्। यस क्रममा उनले एउटा माइक्रोचिप फेला पारेकी थिइन्। त्यसैबाट उनले जर्मन सेना कसरी रुस प्रवेश गर्दै छ भन्ने समेत पत्तो पाएकी थिइन्।

जुन देशका लागि उनले बारम्बार जीवन जोखिममा राखेकी थिइन् त्यही देश बेलायतका लागि उनले अन्तिममा युद्धको समाप्तिपछि रहने चाहनामा बाधा खडा भएको थियो।

प्राय युद्धमा सरिक नभएका युवाका लागि उनको यो कार्य असम्भव लाग्न सक्छ। उनको यो सम्पूर्ण कार्य अन्यका लागि साँच्चै विश्वास गर्न कठिन थियो। उनको कागज बेलायतमा नवीकरण नभएपछि उनी पनि अप्ठेरोमा परेकी थिइन्। सानो छदाँ रुसले सताइएकी उनी कम्युनिस्ट शासन भएको पोल्यान्डमा जान इच्छुक थिइनन्। नागरिकताको चाहना राखेकी उनले युद्धमा गरेको योगदानका कारण दिइएको जर्ज मेडल र ओबीई अवार्ड स्वीकार गर्न बाध्य भएकी थिइन्। हेलबर्न होटेलमा बसी रहँदा उनले युद्धका कालमा गरेका धेरै काम छाडेर भुइँ सफा गर्ने काम गरेकी थिइन् ।

श्रीमानसँग सुरुमा बेलायतमा आएकी उनी अन्त्यमा सामान्य कर्मचारीको रूपमा जीवन निर्वाह गर्न पुगेकी थिइन्। परन्तु स्वतन्त्रताको अनुभवका कारण उनी एकदमै खुसी थिइन्। ग्रान्भिलले धेरै भेदभावको सामना गरेकी थिइन्। युद्धमा उनले गरेको योगदानको कारण धेरै अवार्डको हकदार भए पनि उनका सहकर्मीको विरोधका कारण त्यो सम्भव भएन।

हेलबर्न होटेलमा बसी रहँदा उनले युद्ध कालमा गरेका धेरै काम छाडेर भुइँ सफा गरेकी थिइन् ।

उनको काम गराइ साँच्चै अचम्मको थियो। कहिले कपाल रंग्याएर यहुदीको रूपमा धारण गर्थिन् त कहिले अन्य रूप। उनले साँच्चै कठिन समयको सामना गरेकी थिइन्। डेनिस जर्ज मुलडोनेले उनको मन जिते पनि अन्त्यमा ती युवाको आकर्षण हटेपछि त्यही होटेलमा हत्या गरिएकी थिइन्। उनको हत्या भएको १० सातापछि मुलडोने पनि झुन्ड्याइए। यो बहादुरीको कथा लेखेकी उनको पक्षमा त्यत्ति धेरै चर्चा समेत भएन। मुलडोनेले पनि ग्रान्भिलको सफलतामा ठुलो भूमिका निर्वाह गरेका थिए। स्रोतः बीबीसी

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : १६ बजे

दिलिपको छोरी दिव्या भन्छिन्- ‘स्टारकिड’ लाई फिल्ममा आउन सजिलो, स्थापित हुन गाह्रो

काठमाडौं – नेपाली फिल्मी क्षेत्रमा नयाँ ‘स्टारकिड’को आगमन भएको छ

६ महिनापछि समाजवादी मोर्चा सक्रिय, नयाँ रणनीति बनाउन बैठक

काठमाडौं– नेकपा माओवादी केन्द्रको पहलमा गठित समाजवादी मोर्चाको बैठक सुरू

हाइड्रोलाई आईपीओमा ल्याउँदा छुटै कार्यविधि बनाउन ऊर्जा व्यवसायीको माग 

काठमाडौं– हाइड्रो कम्पनीहरूलाई सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) जारी गर्दा

अभद्र व्यवहार मुद्दामा आशिका तामाङ पक्राउ, गौशाला वृत्त लगियो

काठमाडौं- पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल भइरहेकी

नेपालगञ्जमा डिजिटल प्रवर्द्धन गर्न ‘क्यान इन्फोटेक’

राँझा– नेपालगञ्जमा डिजिटल प्रविधि प्रवर्द्धन गर्न कम्प्युटर एसोसिएसन अफ नेपाल