राष्ट्रिय सभा निर्वाचन : कांग्रेसले छान्यो १० उम्मेदवार (सूचीसहित) « Khabarhub

राष्ट्रिय सभा निर्वाचन : कांग्रेसले छान्यो १० उम्मेदवार (सूचीसहित)


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि १० जना उम्मेदवारको टुंगो लगाएको छ । गए राति अबेरसम्म बसेको कांग्रेस पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

कांग्रेसमा संस्थापन र इतर समूहबीच भागबन्डा नमिल्दा उम्मेदवार छनोटमा ढिलाइ भएको थियो ।

कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको छ । उनलाई अन्य समूहबाट उम्मेदवार बनाइएको हो । यस्तै, मधेसमा आनन्दप्रसाद ढुंगाना (अन्य), बागमतीमा जितजंग बस्नेत (अन्य) र विष्णुदेवी पुडासैनी (महिला) उम्मेदवार बनेका छन् ।

यसैगरी, कांग्रेसले गण्डकीमा किरणबाबु श्रेष्ठ (अन्य) र पदमबहादुर परियार (अपाङ्गता/अल्पसंख्यक), लुम्बिनीमा विष्णुकुमारी सापकोटा (महिला), कर्णालीमा कृष्णबहादुर रोकाया (अन्य) लाई उम्मेदवार बनाएको छ ।

सुदूरपश्चिममा बलदेव बोहरा (अन्य) र नारायणदत्त भट्ट (अपाङ्गता/अल्पसंख्यक) कांग्रेसका उम्मेदवार बनेका छन् ।

नेता शेखर कोइरालासहित संस्थापनइतर पक्षले १० मध्ये चार सिटको अडान राखे पनि अन्तिममा तीन जनामा चित्त बुझाएका छन् । संस्थापन इतरपक्षबाट विष्णुकुमारी पुडासैनी, किरणबाबु श्रेष्ठ र विष्णुकुमारी सापकोटाले उम्मेदवारको टिकट पाएका छन् ।

 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : ०३ बजे

कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

पार्टीबाट दुई पटक प्रधानमन्त्री र तीन पटक भन्दा बढी मन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको