रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो « Khabarhub

रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

रुकुम पूर्व– रुकुम पूर्वमा यस वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ । गत वर्ष विभिन्न कारणले मह उत्पादन घटेको थियो ।  जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर २ र ३ मा मौरीपालन हुँदै आएको छ ।

सिस्ने–३ का ओमप्रकाश खड्काले दुई सय ५० धार्नी मह बिक्री गरेर यो याममा सात लाख ५० हजार आम्दानी गरेका छन् । अब एक सय ४० धार्नी मह बिक्री हुन बाँकी रहेको उनले बताए । ‘यस वर्ष राम्रो मह उत्पादन भएको छ । मैले यो याममा मौरी घारबाट निकालेको मह सबै बिक्री भयो भने १२ लाख कमाउँछु’, किसान खड्काले भने।

सोही वडाका अर्का मौरीपालक किसान कमलाल खड्काले पनि ६०  घारबाट एक सय ८० धार्नी मह निकालेका छन् । मह निकाल्न अझै दश  मौरीका गोला बाँकी छन् भने एक सय आठ धार्नी मह बिक्री भइसकेको छ ।

उनले बिक्री भएको महबाट तीन लाख २४ हजार आम्दानी गगरेका छन् । अझै ७२ धार्नी मह बिक्री हुन बाँकी छ । उनले भने, ‘यो याममा सात लाख बराबरको आम्दानी हुने भएको छ ।’

एक धार्नीमा साढे दुई किलो मह हुने गर्छ । एक किलो मह लाई १२ समयसम्ममा बिक्री हुने गरेको जनाइएको छ । यस क्षेत्रको मह रुकुम पश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज पोखरा र काठमाडौँलगायत सहरमा पुग्ने गरेको छ ।

सिस्ने –३ मा यो याममा ९० लाख बराबरको मह उत्पादन भएको वडाध्यक्ष हेराम खड्काले जानकारी दिए । अघिल्लो वर्षका तुलनामा यस वर्ष जिल्लामा दोब्बरले मह उत्पादन भएको एकीकृत तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पिताम्बर बस्नेतले जानकारी दिए ।

गत वर्ष जिल्ला मा १२ सय मौरीका गोलाबाट ६ सय मेट्रिक टन मात्र मह उत्पादन भएको थियो भने यस वर्ष १७ सय मौरीका गोलाबाट १२ सय मेट्रिक टन मह उत्पादन भएको कार्यालयले प्रारम्भिक अनुमान गरेको छ ।

अझै पनि किसानको मह निकाल्ने काम जारी भएको हुँदा अहिले नै यति मह उत्पादन भएको छ भनेर भन्न नसकिने उनको भनाइ छ । उत्पादित महको ८० प्रतिशत मात्र बिक्री भयो भने पनि एक करोड १५ लाख २० हजार जिल्लामा आम्दानी हुने सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : ४७ बजे

ढोरपाटनमा पुगे ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ– ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको

ग्यास अभावबारे उद्योगमन्त्री यादवले गरिन् स्थलगत अनुगमन

काठमाडौं – बजारमा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेपछि

बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र

१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज